शरिरमा आठ गोली हानी हत्या

कात्तिक २४- विराटनगरका औषधी व्यवसायी सुरेश मण्डललाई मंगलवार राति अज्ञात समूहले गोली हानी हत्या गरेका छन्। मण्डलको हत्याको आशंकामा मोरङ प्रहरीले पाँचजनालाई पक्राउ गरी अनुसन्धान थालेका छन्।न्यूरो अस्पताल परिसरमै औषधी पसल सञ्चालन गर्दै आएका मण्डललाई घर जाने क्रममा विराटनगरको अशोक चोकमा अपरिचित व्यक्तिहरुको समूहले गोली हानेको प्रहरीको भनाई छ। मण्डलको शरिरको विभिन्न भागमा आठवटा गोली हानिएको छ।
हत्याको विरोधमा विराटनगरका औषधी पसल बन्द
अन्धाधुन्द गोली फायर गर्दा मण्डलको छातीमा दुईटा, कोखमा एउटा, पेटमा एउटा, हत्केलामा एउटा, घुँडामा गरी आठ ठाउँ गोली लागेको छ। गोली लाग्ने बित्तिकै ढलेका व्यवसायी मण्डललाई न्यूरो अस्पतालमा मृत घोषित गरिएको प्रहरीले जनाएको छ।
तराईका भूमिगत संगठनका गिरोहहरुले केही दिनदेखि भन्दा माग्दै थर्काउने गरेको व्यववसायीको पारिवारिक श्रोतले जनाएपनि उनको हत्याको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। प्रहरीले उनका एकजना व्यापारिक साझेदार प्रमोद मण्डलसहित ५जनालाई पक्राउ गरेको छ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...