काँकडभिट्टा सेरोफेरो

 
काँकडभिट्टा – गाडी चोरीको आरोपमा प्रहरीले वुधवार एक जनालाई काँकडभिट्टामा पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाले वुधवार विहान झापाको मेचीनगर ११ का ठुले चौधरी भनिने सितनारायण चौधरीलाई पक्राउ गरेको हो । कात्तिक १६ गते काँकडभिट्टा टेक्सी सेन्डीगेट नजिकबाट हराएको डव्ल्युवी ७६–२९९४ नम्वरको टाटा सुमो चोरीमा चौधरीको संलग्नता पाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका निरीक्ष्ँक देवी फागोले जनाएका छन् । अभियुक्तलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको  छ । आरोप पुष्टि भए चोरी अभियोगमा कार्वाही गरिने प्रहरीको भनाई छ ।  
काँकडभिट्टा – झापाका चिया किसान पुनः आन्दोलित भएका छन् ।  विगतमा भएका सहमति कार्यान्यनमा चिया उद्यमीले आलटाल गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । साना चिया किसान उत्पादक संघ झापाका अध्यक्ष्ँ पुर्णकुमार कार्कीले सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । संघकै अगुवाईमा वुधवार जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिइएको छ । संघले विहीवार पनि प्रशासनमा धर्ना दिइने जनाएको छ ।  संघ र चिया उद्यमीवीच गत साउन २३ र २४ गते हरियो चियाको मुल्य निर्धारणका विषयमा सहमति भएको थियो । सहमतिमा असोज पहिलो साताभित्रमा सहमति कार्यान्यन गर्ने भनिएपनि हालसम्म कार्यान्यन हुन नसकेको संघको आरोप छ । साना किसान र झापाका उद्यमीवीच हरियो चियाको मुल्य निर्धारणको विषयमा पटक पटक विवाद हुदै आएको छ ।

काँकडभिट्टा  –  झापाको मेचीनगर १० स्थित रमाइलो वस्तीको एक घरमा भाइटीकाको दिन भएको  आगलागि करिव १० लाख वढीको सम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय का“कडभिट्टाका प्रहरी नायव निरीक्षक महेन्द्र पराजुलीका अनुसार मेचीनगर १० का दिलवहादुर निरौलाको घरमा आइतवार राति करिव साढे ९ वजे अचानक आगो लागेको थियो ।  आगलागिबाट जस्ताको छाना भएको ३ कोठे पक्की घर पुर्ण रुपमा जलेर खरानी भएको थियो । घरभित्र रहेको लत्ता कपडा, २ सय ५० क्युफिट काठ, ८ बण्डल जस्तापाता, सुन २ तोला, रंगिन टीभी १ थान, १ लाख रुपैया नगद तथा अन्य भौतिक सामान र खाद्यान्न जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...