अरुणपूर्वका नौं जिल्ला बन्द, आंशिक प्रभाव

७ मंसिर, झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले आह्वान गरेको बन्दको कारण अरुणपूर्वका नौं जिल्लाको जनजीवन आंशिक प्रभावित भएको छ ।
कार्यकर्ता रिहाईको माग गर्दै संघीय लोकतान्त्रिक पार्टीले ताप्लेजुङ, झापा, इलाम, पाँचथर, सुनसरी, धनकुटा, मोरङलगायतका जिल्ला मंगलबार र बुधबार दुई दिन बन्द आह्वान गरेको हो ।
बन्दको कारण झापा, सुनसरी, मोरङमा छोटो दुरीका सवारी साधन चलेका छैनन् । लामो दुरीका सवारी साधनलाई भने प्रहरीले स्कर्टिङ गर्दै गन्तब्यतर्फ पठाएको छ । ति जिल्लामा मुख्य बजार र पसल भने खुलेका छन् । ताप्लेजुङमा भने लामो र छोटो दुरीका सवारी साधन नचलेपछि इलाम, झापा हुँदै यात्रु मर्कामा परेका छन् ।

मोरङको बयरबनबाट गत कात्तिक १५ गते पक्राउ परेका संघीय भोलेन्टियर फोर्सका उपकमाण्डर शेरबहादुर लिम्बुलगायतको रिहाईको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले बन्द आह्वान गरेको हो 
झापामा भने नीजि सवारी साधनहरु र मोटरसाईकलहरु निर्वाध रुपमा चलेका छन् भने विर्तामोड, धुलावारी चन्द्रगढी आसपासका बजारहरु आंशिक रुपमा खुलेका छन् विहान कलेजहरु बन्द भएका थिए भने सरकारी विद्यालयमा परीक्षा सञ्चालन भैरहेकाले परीक्षालाई केही असर भने गरेको छैन । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...