सांकृतिक कार्यक्रमबाट एकै दिनमा चारलाख बढी

प्रकाश पौडेल (फोटो पनि)
बाहुण्डाँगी– जनता मा.वि वाहुण्डाँगी– ५ तेलपानीलाई उच्च मा.वि बनाउने उद्देश्यका साथ आइतवार देउसी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका विशेष अतिथि युवा नेता विश्वप्रकाश शर्माले आफ्नो नँया एल्वम स्वीकृतिमा रहेको गीत ‘यो मनले त्यो मनलाई मनदेखी मन पराएँ’ जव स्टेजमा पुगेर गाए तेलपानीवासीले स्टेज नै हल्लीने गरी नाचेका थिए । उनी मात्र हैन उनको परिवार त्यो सांस्कृतिक कार्यक्रमको आकर्षणको केन्द्रविन्दु बनेको थियो । अझ उनकी ५ वर्षिय छोरी स्वीकृति स्यम् नृत्य गर्न स्टेजमा पुगिन उनको नाचलाई प्रशंसा नगर्ने कोही पनि थिएनन् । मेचीनगरको यूरेका ग्रुप अफ भ्वाइस, फाइभ स्टार युथ क्लव बाहुण्डाँगी र प्रेम ज्योती युवा क्लव र सोही विद्यालयका विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । उक्त सांस्कृतिक
कार्यक्रममा स्थानीय कलाकारले दर्शकको मन मात्र हैन विद्यार्थीको भविष्य समेत सफल पारेका छन् ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त पौडेलको सभापतीत्वमा सम्पन्न भएको थियो भने बाहुण्डाँगी श्रोत व्यक्ति लोकबहादुर दहालले उक्त सांस्कृतिक कार्यक्रमको कलशसहितको दियोमा बत्ती बालेर उद्घाटन गरेका थिए । सोही सांस्कृतिक कार्यक्रम मार्फत एकै दिनमा ४ लाख ३६ हजार ९७ रुँपैया संकलन भएको कार्यक्रमका संयोजक देवु बानियाले जनाएका छन् ।
२०२१ सालमा स्थापना भएको  जनता मा.वि. लाई उच्च मा.वि बनाउन यस क्षेत्रका अभिभावकहरु मात्र हैन सम्पूर्ण स्थानिय वासिन्दानै उत्साहित बनेका छन् । आफ्नै गाँउमा उच्च मा.वि. सन्चालन होस भन्ने चाहना राख्दै तेलपानी सामुदायीक वन बाहुण्डाँगीले ५० हजार रुपैया सहयोग गरेको छ । त्यसैगरी बुधवारेका रमेश भुजेलले २५ हजार ५ सय २५, धुलावारीका समाजसेवी देवेन्द्र विक्रम नेम्वाङ्गले २५ हजार १ रुपैया, पर्शुराम पोखरेलले २५ हजार १, युवा नेता विश्वप्रकाश साथै उनका दाजु राज्यप्रकाश शर्माले आफ्ना मातापिताको सम्झनामा ११ हजार १ सय ११ बसन्त पौडेल ५ हजार, टीकाराम अधिकारी ५ हजार, डिल्लीराम दहाल ५ हजार, खगेन्द्रबहादुर दहाल ५ हजार ५ सय ५५, लिलादेवी दहाल ५ हजार १ सय ५१, लोकबहादुर दहाल ५ हजार १, तेलपानी खानेपानी बाट ५ हजार ५ सय ५५, निरज घिमिरे ५ हजार, विद्यालयका शिक्षक शिक्षिकाको तर्फबाट २ लाख भन्दा बढी र अन्य अभिभावक तथा विद्यार्थीहरुले सहयोग गरेका थिए ।
२ वर्ष अगाडी मात्र भारतीय राजदूतावसको २ करोड २५ लाखको सहयोगमा २१ कोठे तीनवटा भुकम्प प्रतिरोधात्मक पक्कि भवन बनि सकेको छ भने आगामी शैक्षिक सत्रदेखि उच्च मा.वि. संचालनमा ल्याईने प्रधानाध्यापक विजयप्रसाद देवले बताए । उच्च मा.वि संचालनका लागि यँहाका वासिन्दाले देखाएको उत्साह र सहयोगले आँउदो शैक्षिक सत्रदेखि उच्च मा.वि. संचालन हुने कुरामा दुई मत छैन । उक्त सांस्कृतिक कार्यक्रमको संचालन मोहन पौडेलले गरेका थिए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...