काँकडभिट्टा– पूर्वको पशुपतिनाथको रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा विश्व शान्तिको कामना गर्दै मंसिर १० गतेदेखि २८ औ धार्मिक अनुष्ठान हुने भएको छ ।
जलेश्वर धामले आइतवार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो । अनुष्ठान आउदो मंसिर १८ गते वालाचर्तुदशीका दिन समापन हुने छ । अनुष्ठानमा नेपाल तथा भारतका सयौ भक्तजन सहभागि वन्ने लक्ष्य धामले राखेको छ । अनुष्ठान आयोजक समितिका संयोजक चर्तुभुज काफ्ले अनुष्ठानमा महाभारत ग्रन्थ वाचन, महा मृत्युन्जय महायज्ञ, धान्यान्चल स्थापना लगायतका विभिन्न याज्ञिक कार्यक्रम आयोजना गरिने जानकारी दिए । महेश सन्यास आश्रमका पीठाधीश स्वामी रामानन्द गिरीजी महाराज, स्वामी कमलानयनाचार्य, मुक्तिनाथ पिठाधिस स्वामी कैलाशानन्द सरस्वतीजीलगायतका धार्मिक विद्धानहरुले अनुष्ठानमा प्रवचन दिने छन् ।
पत्रकार सम्मेलनमा धामका सचिव अम्विकाप्रसाद खतिवडाले गत वर्षको अनुष्ठान खर्च र यस वर्षको लागत खर्चको अनुमानित आर्थिक विवरण प्रस्तुत गरेका थिए । गत वर्ष अनुष्ठानबाट करिव ९ लाख ९ हजार ८ सय रुपैया संकलन भएको थियो । यो वर्ष करिव १५ लाख वढी संकलन गर्ने आयोजकको लक्ष्य छ । गत वर्ष करिव ३ लाख खर्च भएकोमा यो वर्ष खर्च वढ्ने सचिव खतिवडाले बताएका छन् । पत्रकार सम्मेलनमा धामका अध्यक्ष भुपाल खरेल, उपाध्यक्ष नवीन गट्टानी, पत्रकार महासंघ झापाका अध्यक्ष मोहन काजी, पुर्व अध्यक्षहरु कृष्ण हुमागाई, माधव विदोर्ही, दिपीन राई लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्दै अनुष्ठान सफलताको कामना व्यक्त गरेका थिए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...