सेमिफाइनलमा आयोजक विजयी

चारआली ६ मंसिर/ प्रथम सुखानी पूर्वाञ्चल तथा अन्तराष्ट्रिय फुटवल प्रतियोगिताको आइतबार भएको सेमीफइनल खेलमा आयोजक टिम विजयी भएको छ ।
   आयोजक र यू सी एफ सी  खर्साङबिच भएको सेमी फाइनल खेलमा २ गोलको अन्तरले खर्साङलाई पराजित गरी  आयोजक टिम  फाइनलमा प्रवेश गरेको छ  ।   खर्साङको तर्फबाट खेल सुरु भएको २ मिनेटम जर्सी नम्बर ९ का छिरीङ घोलेले १ गोल गरेपनि सुरुवातको गोलनै खर्साङको लागि अन्तिम गोल सावित भयो ।
 सुरु खेलको १५ मिनेटमा आयोजकका जर्सी १८ का जिवन राईले १ गोल गरेपनि आयोजक टिमलाई अग्रसरता दिएका थिए ।  त्यस्तै खेलको २३ र मध्यान्तरपछि ३३  मिनेटमा आयोजक टिमका जर्सी नम्बर ७ का विषाल राईले २ गोल गरी प्रतिष्पर्धी टिम खसाङसगँ १—३ गोलको अन्तर बनाएको थिए ।

 सुरुमा ज्यादै जोसीला देखिने  खर्साङका खेलाडिका लागि आयोजक तर्फबाट लगातार  दुई गोल गरेपछि खेलको सन्तुलन नै गुमाएका थिए ।
 खेलको मेन अफ द मेच आयोजकका विषाल राईलाई आयोजकले १ हजार नगदद्धारा सम्मान गरेको थियो ।
  स्थानयि क्षेत्रका पर्यटन वर्ष २०११ लाई लक्षित तथा  स्थानीय खेलाडीको स्वास्थ्य उपचारर्थ सहयोग गर्ने उद्देश्यले  गत मंसिर १ गतेदेखि सुरु भएको प्रथम सुखानी च्यालेञ्ज कप फुटवल प्रतियोगिताको आज सोमबारको खेल किराँत सपोर्टिङ क्बल धरान र केएफ सी चनद्रगढीका बिच सेमीफइनल खेल हुने आयोजक समितिका भिम कार्कीले जनाएका छन् ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...