३८ वर्ष प्रधानाध्यापक

काँकरभिट्टा, ५ मंसिर/ अड्तीस वर्षदेख काँकरभिट्टा उच्च माविको नेतृत्व गरेको प्रधानाध्यपक दिलीप अधिकारीले यसैवर्ष सेवाबाट अवकास लिएका छन् । 
२०२६ सालमा तत्कालित काँकरभिट्टा प्राथमिक विद्यालयमा अध्यापन थालेका अधिकारी २०२९ सालदेखि लगातार प्रधानाध्यपक छन् । विद्यालयलाई प्रावि, निमावि, मावि र उच्च माविमा स्तरोन्तति गरेका अधिकारीले उमेरका कारण अनिवार्य अवकाश लिएपछि आज आईतवार उनलाई विद्यालय परिवारले औपचारिक कार्यक्रमबीच विदाई गर्दैछ ।

काँकरभिट्टा प्रावि २०२४ सालमा स्थापना भएको थियो । आपूm शुरुमा प्रअ हुँदा विद्यालयमा पठनपाठन गर्ने कक्षा कोठा सनपाटको सुन्ठीले बारेको स्मंरण गर्दै उनी भन्छन्, ‘आजको समृद्ध अवस्थामा काँकरभिट्टा उमावि हस्तान्तरण गर्न पाउँदा सन्तुष्ट छु ।’
मिलनसार र मिहेनती स्वभावका अधिकारीले अध्यापकको सक्रिय जागिरबाट अवकास लिएपछि अभिभावकको रुपमा विद्यालयको उन्नतिमा सदैव समर्पित रहने इच्छा व्यक्त गरेको छन् । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...