त्रिफलालाई जाइकाले सहयोग गर्ने

धुलावारी ५ मंसिर÷ नेपालको चौतर्फि विकासका लागि सर्वाधिक अनुदान प्रदान गर्दै आएको जापानी अन्तर्राष्ट्रिय सहयोग संस्था (जाईका)ले मेचीनगर २ स्थित धुलाबारीमा रहेको त्रिफला राष्ट्रिय पुस्तकालयलाई सहयोग गर्ने भएको छ । 
जाइकाको चालिसौं वार्षिकोत्सको अवसर पारेर पुस्तकालको भ्रमणमा निस्केका ताकायो मुरायामको नेतृत्वमा रहेको टोलिले हिजो त्रिफलामा एक कार्यक्रमका बीच सो कुरा बताएको हो । ताकायो मुरायामले नेपालको पुस्तकालयको अध्ययनमा डेढ दशक समय व्यत्तित गरेका छन् । 
मेचीनगर नगरपालिका वडा नं. २ मा आफ्नो व्यवस्थित भवनमा रहेको सो पुस्तकालयमा धार्मिक,
ऐतिहासिक, पुरातात्विक, कृषि तथा कानुन लगायतका ३२ हजार पुस्तक छन् । सो कार्यक्रममा पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहरीले एकजना जापनी स्वंयसेवक राखिदिन समेत आग्रह गरेका थिए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...