मोबाइल फोन र बिक्रिती

के.बि.राई , मेचिनगर(झापा)

विज्ञान तथा प्रविधिको विकासले गर्दा अहिले सञ्चार क्षेत्रमा उल्लेखिय विकास भएको देखिइरहेका छौं, भोगिरहेका छौं हामी सबैले । कुन धनी कुन गरीब, कुन शिक्षित कुन अशिक्षित, कुन ठूला कुन साना, कसलाई आवश्यक कसलाई अनावश्यक प्राय सबैको हातमा मोबाइल फोन देखिन्छ आज । हुन पनि एउटा मोबाइल सेटले केवल फोन गर्न मात्र नभएर यसले अन्य धेरै सुविधा दिएको छ प्रयोगकर्तालाई जस्तै मेसेज संप्रेशण वा प्राप्त गर्न, गाना सुन्न, भिडियो हेर्न, फोटो खिच्न, भिडियो खिच्न, एफ.एम.रेडियो सुन्न, गेम खेल्न, इ–मेल तथा इन्टर्नेट प्रयोग गर्न आदि इत्यादि । । यति सम्म की आज कसैको अगाडी ‘मेरो त मोबाइल छैन’ भन्न शर्मिन्दा लाग्छ हामीलाई । त्यसैले जे जसो गरेर भएपनि मोबाइल किनेकै हुन्छन् प्रायले ।
त्यसो त हिजआज करिब दुई तिन हजार रुपैयामा नयाँ मल्टिमेडिया मोबाइल सेट किन्न पाइहालिन्छ । फेरी चाइनिज मोबाइल ले त ९० प्रतिशत ग्राहक आकर्षित गर्न सफल भएको छ भन्दा दुईमत नहोला । थोरै मूल्यमा ठूलो स्क्रिन, ठूलो साउन्ड, दुई वटा सिमकाड लाग्ने अनि फुल–मल्टिमेडिया भएको मोबाइल सेट पाएपछि किन अन्य महंगा, सानो साउन्ड, सानो स्क्रिन अनि एउटै मात्र सिम लाग्ने मोबाइल तिर लाग्ने ? त्यति मात्र कहाँ हो र ? उता अधिकांश मोबाइल प्रयोगकर्ताले प्रयोग गर्ने सिम एनसेलको प्रिपेड सिमकार्ड को मूल्य पनि दिनानुदिन घट्दै एक डेढ सयमा पाइन थाल्यो । त्यसैको प्रतिस्पर्धामा नेपाल दूर–सञ्चारले पनि नमस्तेको प्रिपेड सिम अब सोहि मूल्य बराबरमा बिक्रि–बितरण गर्ने आधिकारिक निर्णय भर्खरै मात्र गरिसकेको छ ।
‘हरेक दिन पछि रात आउँछ’ भने भैंm संसारमा त्यस्तो कुनै एक गुणकारी वस्तु नहोला जसको अवगुण नहोस् । विज्ञान तथा प्रविधिले संसारलाई जति सजिलो, छिटो र नजिक बनाउँदै लगिइरहेको छ उतिनै त्यस्को नकारात्मक पक्षहरु पनि छन् भन्दा शायद कसैले पनि नाक नखुम्च्याउला । प्रविधिको विकासले अधिकांश मानिसहरुको हातमा मोबाइल फोन ल्याइदिएको छ । जो जहाँ गए अथवा पुगे पनि आफु जहाँ भए पनि जति बेला पनि उनि सँग सजिलै कुराकानी गर्न सकिन्छ, कुनै पि.सि.ओ. धाइरहन पर्दैन आज, भने अर्को तिर यस प्रविधिको दुरुपयोग, बिक्रिति, फजुल र अवैद्य प्रयोग पनि त्यतिकै भैरहेको छ । काम नपाएका अल्लारे ठिटा–ठिटिले जोसुकैलाई मिस्कल गर्ने, अवैद्य यौन कृयाकलापमा लागेकाहरु र अवैद्य धन्दा गर्नेहरुले प्रयोग गर्ने, उच्छि«ङकल ब्यक्तिहरुले जोसुकैलाई ब्लफकल गर्ने इत्यादि जस्ता अवैद्य काममा प्रयोग गरिरहेको पाइन्छ जसमा सम्बन्धित गिरोहलाई पत्ता लगाउन कठिन हुन्छ । यसले गर्दा अवैद्य यौन कृयाकलाप, चोरी–निकाशी, लुटपात, अवैद्य धन्दा जस्ता कृयाकलापहरु झन् सजिलै फस्ट्याइरहेका छन् ।
यहि महिना मंसिर २ गतेको ‘प्रतिदिन राष्ट्रिय दैनिक’ मा ‘ब्लफ कलले प्रहरी हैरान’ भन्ने शिर्षकमा एउटा समाचार छापिएको थियो । उक्त समाचारमा ‘झापाको बाहुनडाँगीमा हतियारसहित आएका लुटेराको गाउँलेको प्रतिकारमा दुई जनाको मृत्यु भयो ल भट्टै प्रहरी आउनुहोस् । काँकरभिट्टाको बाहुनडाँगी रोडमा दुई समूहबीच झगडा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भयो, यो स्थान तनावग्रस्त छ प्रहरी तुरुन्तै पठाइदिनु प¥यो’ भनि केही मानिसले नेपाली र भारतीय नम्बरका मोबाइलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कन्ट्रोल रुममा फोन ग¥या थियो । तर प्रहरी पुग्दा त्यहाँ त्यस्तो केही नभएको पाएर त्यसै फर्किनु परेको थियो । मेचीनगरमा यस्ता थुप्रै घटनाहरु बढिरहेको सो समाचारमा उल्लेख छ ।
अतः जुनसुकै संचार माध्यमले होस् ब्यापारिक दृष्टिले मात्र नभै एउटा मापदण्ड बनाई मोबाइल फोन अत्यावश्यक पर्ने र सहि काममा प्रयोग गर्ने व्यक्तिलाई सो मापदण्ड पुरा गराएर मात्र सिमकार्डको बिक्रि वितरण गर्ने नियमको व्यवस्था गर्नु प¥यो । यति मात्र होइन, सबै सिमकार्डको नेटवर्कसिस्टममा सिमकार्ड प्रयोगकर्ताहरुले गरेका कुराकानीहरु वैद्य वा अवैद्य छन् भनि छुट्याउने प्रणालीको व्यवस्था हुनु प¥यो । र यदि कसैले अवैद्य कुराकानी गरेको थाहा पाएमा उसको सिमकार्ड रद्द गरिनुका साथै उसलाई कडा कारवाही हुने नियमको व्यवस्था हुनु प¥यो । नत्र भने यस्ता विक्रिति, विसंगति र अवैद्य कृयाकलापहरुले तिब्र गतिमा झनझन फस्टाउँदै गएर अन्तत्वगत समाज, गाउँ र राष्ट्रलाई ठूलो अन्धकार तिर नधेकाल्ला भन्न सकिन्न । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...