अध्यक्ष कुट्नेलाई नपक्रे झापा बन्द गरिने

गोपाल काफ्ले
बिर्तामोड, २० असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल झापाले आप्mनो दलका पाठामारी गाउँ अध्यक्ष महेशलाल गणेशमाथि सांघातिक आक्रमणमा संलग्न दोषीहरुलाई पक्राउ गर्न प्रहरी प्रशासनले चासो नदेखाएको भन्दै संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।
राप्रपा नेपालको शक्ति कमजोर ठानेर किटानी जाहेरी गर्दा पनि घटनाका मुख्य अभियुक्तलाई प्रहरी प्रसाशनले पक्राउ नगरेको भन्दै राँके जुलुशदेखि आम हड्तालसम्मका संघर्षका कार्यक्रमहरु आज सार्बजनिक गरिएको हो । पार्टीका केन्द्रीय सदस्य राजेन्द्र लिङ्देनले भन्नुभयो, ‘पक्राउ गरेर कारवाही गरियोस् भनी प्रहरी–प्रशासनमा जाहेरी गरिएका मुख्य अभियुक्तलाई नै अन्य पक्राउ दोषी जिम्मा लगाएर पठाएको घटनाले राप्रपा नेपाललाई अन्डरस्टिमेट गरेको कारण संघर्षको कार्यक्रम ल्याउनु परेको हो ।’
झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार असार २२ गते साँझ राँके जुलुश निकालिने, २३ गते बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म यातायात बन्द गरिने तथा २४ गते बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म झापा बन्द गरिने कार्यक्रम तय भएको छ ।
सामान्य निहुँमा स्थानीय उखारु गणेश र भैरव राजबंशी नेतृत्वको एक समूहले असार १२ गते गणेशमाथि सांघातिक हमला गरी मरणासन्न हुने गरी कुटेका थिए । घटना पछि स्थानीय प्रहरीले अभियुक्तका सहयोगी धर्मेन्द्र राजबंशी र देबु राजबंशीलाई पक्राउ गरे पनि शक्तिको आडमा उनीहरुलाई मुख्य अभियुक्तकै जिम्मा लगाएर छाडिएको राप्रपा नेपालको आरोप छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...