विष्णुप्रसाद पोखरेल
दमक, असार २० गते । विगतमा कब्जा गरिएको सम्पत्ति फिर्ता गर्ने सम्झौताविपरीत माओवादी निकटका तीन जनवर्गीय सठनले दुई वर्षअघि कब्जामा लिएको गौरादह-९ मा रहेको दुई बिगा पाँच कठ्ठा जग्गामा यस वर्ष सामूहिक धान खेती गर्ने तयारी गरेका छन् । माओवादी निकटको अखिल नेपाल सुकुम्बासी सङ्घ, अखिल नेपाल किसान सङ्घ र मुस्लिम मुक्ति मोर्चाद्वारा कब्जा गरिएको स्थानीय भूपध्वज कटुवालको खेतमा यी तीनवटै सङ्गठनले रोपाइा गर्ने निर्णय गरेका छन
यी सङ्गठनहरूको यसैसाता बसेको संयुक्त बैठकले दुई वर्षसम्म बाँझो रहेको यो जग्गामा सामूहिक धानखेती गर्ने निर्णय गरेको सुकुम्बासी सङ्घका जिल्ला अध्यक्ष कविराज गौतमले बताउनुभयो हो । यी सङ्गठनहरूले दुई वर्षअघि कट्वालको एक घरसहित यो जग्गा कब्जा गरेका थिए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...