धरान । धरान १८, स्कुलमार्ग लाइनकी गीता राईलाई आमाजु र भतिजा मिलेर मरणासन्न हुनेगरि कुटपिट गरेका छन् । आमाजु मैया राई र भतिजा प्रदिप राईको कुटपिटबाट ३१ बर्षीय गीताको शरीरभरी निलडाम छ भने तीघ्रामा गहिरो चोट लागेको छ ।
पीडित र छिमेकीहरुको भनाईमा शुक्रबार राती आमाजु र भतिजा मिलेर गीतालाई भाटा र दाबिलोले जथाभावी चरम यातना दिदै कुटपिट गरेका थिए । कुटपिट हुदै गर्दा गीताले गुहार मागेपछि छिमेकी पुगेर उनको ज्यान जोगाइदिएका थिए । छिमेकीहरुले नै उनलाई उद्दार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए । अहिले उपचार पछि उनी घरमै छिन् ।
छिमेकी बचाउन नआएको भए आफुलाई मारिसक्ने पीडित गीताले बताइन् । पीडित गीताले शनिबार दिउसो आमाजु र भतिजाको विरुद्धमा ज्यान मार्ने उद्योगमा उजुरी दिएका छन् । दुवैलाई शनिबार बिहान नै छिमेकीहरुको पहलमा प्रहरीले पक्राउ गरिसकेको छ ।
पीडित गीताका अनसार करिब ५ महिनाअघि देखि आमाजु मैयाले हङकङमा रहेका पतिलाई विभिन्न नचाहिदो कुरा लगाएको र त्यही बेलादेखि पतिले पनि फोन गर्न र घर खर्च पठाउन छाडेका थिए । आमाजुले नै आरोप लगाउदै तथानाम गालीगलौज गर्ने र कुटपिट गर्ने गरेको पनि उनले बताइन् । आमाजुले कोठामा सुत्न नदिएपछि हाल भर्यांग मुनिको खाली ठाउमा गुन्द्री ओछ्याएर रातमा सुत्नुपरेको गीताको भनाई छ । ‘बिष खाएर मर कि झुण्डिएर मर भन्दै गाली गर्छन्’—उनले भनिन् ।
घरमा खाना खान नदिने गरेकोले छिमेकीहरुकहाा पुगेर छाक टार्ने गरेको उनले बताइन् । गीताको ११ बर्षअघि सुर्दशन राईसाग विवाह भएको थियो । दुवैको १० र ६ बर्षीय छोरा छन् । बिवाह गरेको २ बर्षमै सुर्दशनले हङकङमा अर्को विवाह गरेको पीडित गीताले बताइन् । उनले आफु र आफ्ना छोराको भविष्यको लागि अधिकार पाउनुपर्ने माग गरेकीछिन् ।
Via Source:- clickdharan dot com
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...