संविधानसभा भवनअगाडीको दृश्य चाडपर्व जस्तै

काठमाडौ, ८ जेठ । अहिले नयाँ बानेश्वरस्थित संविधानसभा भवनअगाडि हिँड्ने जोकोहीलाई पनि त्यहाँको दृष्य हेरेपछि लाग्छ, त्यहाँ कुनै ठूलो चाडपर्वको आयोजना भइरहेको छ । तर, यथार्थ त्यो चाडपर्व विशेषमा हुने कार्यक्रम नभई शान्ति र संविधानका लागि थालिएको आन्दोलन मात्र हो ।
आफना अधिकार सुनिश्चित गराउन र शान्ति र संविधान निर्धारित समयमै पूरा गर्न थालिएको आन्दोलन हो त्यो । विशेष चाडपर्वजस्तै त्यो क्षेत्र अहिले चहलपहलमय भएको छ । संविधानसभा
भवन परिसरमा भइरहेका समुदाय र नागरिक समाजका विभिन्न धर्ना, घेराउ र आमसभाका कारण त्यहाँ चाडपर्वझै चहलपहल भइरहेको देखिएको हो ।
एकातिर विभिन्न सङ्घसंस्थाको प्रतिनिधित्व गर्दै मुलुकभरका महिलाहरूले निर्धारित समयमा संविधान्
बनाउनपर्ने माग गर्दै धर्ना थालेका छन् भने अर्कोतिर पूर्वसांसद मञ्च नेपालले रिले अनशन जारी राखेको छ ।
नया बानेश्वरस्थित संविधानसभा भवन अगाडि गत वैशाख १ गतेदेखि निरन्तररूपमा तीन घन्टा धर्ना दिँदै आएका महिला अधिकारकर्मीको धर्ना अवधि बढाएर दैनिक ११ घन्टा पु¥याइएपछि त्यहाँको माहौल नै बेग्लै भएको छ ।
धर्नामा सहभागी महिलाहरूले तोकिएकै समयभित्र संविधानको मस्यौदा सार्वजनिक गर्नुपर्ने, मुलुकलाई हिंसा र अशान्तिबाट जोगाउन समयमै लोकतान्त्रिक संविधान लेखन पुरा गनुपर्ने माग राख्दै नाचगान सुरु गरेपछि वरपरमा बासिन्दा पनि रमिते भइरहेका छन् ।
उनीहरूले संविधान लेखनको समयावधि ८ दिन बाँकी रहँदासम्म पनि कुनै पहल नभएको भन्दै प्रत्येक दिन बिहान १० देखि बेलुकी ८ बजेसम्म धर्ना दिँदै आइरहेका छन् भने पूर्वसांसद मञ्च नेपालले निर्धारित समयमै संविधानको खाका ल्याउनुपर्ने माग राख्दै रिले अनशन सुरु गरिरहेको छ ।
राष्ट्रिय महिला सञ्जालका संयोजक डा रेणु राजभण्डारीले शान्तिप्रक्रिया टुङ्ग्योमा पु¥याउनु पर्ने महिला, अपाङ्ग र सुकुम्बासी महिलाको अधिकार शुनश्चित गर्नुपर्ने, संविधानसभाको म्याद
थपको आधार प्रस्तुत गर्नुपर्ने माग राख्नुभयो ।
उहाले जेठ १४ भित्र संविधानको स्वीकृत मस्यौदा प्रस्तुत गर्न र म्याद थपका लागि जनतालाई विश्वासिलो आधार प्रस्तुत गरेर मात्र निश्चित अवधिका लागि अन्तिमपटक संविधानसभाको म्याद थप्न राजनीतिक दलहरूलाई आगह्र गर्नुभयो ।
उनीहरूले धर्ना कार्यक्रममा शान्ति र संविधानसम्बन्धी विभिन्न गीत तथा सङ्गीत प्रस्तुत गरेपछि त्यसक्षेत्रमा हिड्ने बटुवाहरूसमेत रमिते बन्दै त्यो माहौलमा सहभागी हुदै आइरहेका छन् शान्ति र संविधानसँग सम्बन्धित कार्यक्रम भएकाले फुर्सदको समयमा यहीँ आएर बिताउने गरेको अनुभव सुनाउनुहुन्छ, स्थानीयवासी सरिता श्रेष्ठ । स्थानीय व्यापारीसमेत रहेकी उहाले भन्नुभयो–सबैलाई अधिकार चाहिएको छ, अधिकार सुनिश्चित गर्न आन्दोलनको विकल्प नभएकैले यो सबै दृष्य देख्नुपरेको छ ।
पूर्वसांसद मञ्च– नेपाल, राष्टिूय महिला सञ्जाल, द्वन्द्वपीडित, विभिन्न सङ्घसंस्था र राजनीतिक  लहरूले अहिले संविधानसभा भवनअगाडि केन्द्रित भई विभिन्न धर्ना, अनशन, र आमसभाजस्ता  बाबमूलक कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । धर्ना कार्यक्रममा सहभागी नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डे सबै समुदायलाई अहिले शान्ति र संविधान चाहिएकाले महिला, नागरिक समाजहरूले हिंसा र अशान्तिबाट मुक्ति पाउन र आफना अधिकार सुनिश्चित गराउन  आन्दोलन गरेको बताउनुहुन्छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...