झाडा पखालाका विरामीहरुको संख्यामा बृद्धि


गर्मी बढेसँगै झाडा पखालाका विरामीहरुको संख्यामा बृद्धि हुन थालेको छ ।गर्मी बढेसँगै मौसममा आएको परिवर्तनका कारण झाडा पखालाका विरामीहरुको संख्यामा बृद्धि हुन थालेको लाइफ लाइन अस्पतालले जनाएको छ । अहिले यो अस्पतालमा दैनिक ५, ६ जनाको संख्यामा झाडा पखालाका विरामीहरु आउने गरेको पाइएको छ । झाडा पखाला लागेर आउने विरामीहरुमा विशेष गरेर वालिबालिकाहरु रहेका छन् । गर्मी मौसममा बासी तथा सडेगलेको खाना खाने र दुषित पानीको प्रयोग गर्नाले पनि झाडा पखाला लाग्ने गरेको लाइफ लाइन अस्पताल दमकका डाक्टर सूर्यनारायण शाहले बताउनुभयो ।
व्यक्तिगत तथा सामाजिक स्वास्थ्यमा ध्यान दिने हो भने यस्ता विरामीको संख्यामा कमी आउने अस्पतालले जनाएको छ ।

भूपाल

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...