प्रभञ्जनबहादुर सिंह
संविधानसभाको निर्वाचन भएपछि नेपालले का“चुली फेर्छ भन्ने हल्ला एकताका साह्रै चलाइयो । संविधानसभाको निर्वाचनअघि तत्कालीन पत्रपत्रिकामा छापिएका समाचार, लेख र विश्लेषणहरू पढ्दा आज हा“सो लाग्नु स्वभाविकै हो । सभासद्हरूको चरित्र, धन्दा र पार्टीका नेताहरूको कार्यशैली हेर्दा यस्तो लाग्छ कि हामी उन्नती होइन अवनतिको मार्गमा कुदिरहेका छौं । त्यो मार्गमा कुद्न नेताहरूले हामीलाई हौस्याइरहेका छन् । हामी वेलगाम घोडासरी मुलुकलाई खाल्डोमा हाल्न दौडिरहेका छौं । जनताको लक्ष्यविहीन यही दौड देखेर राजनीतिक दलका नेताहरू आलोपालो सत्ता केन्द्रित राजनीतिमा मस्त छन् । र, मोजमस्तीको जीवनमा सभासद्हरू व्यस्त छन् । मोजमस्तीमा मस्त र व्यस्त सभासद्हरूलाई नया“ संविधान बनाउन फुर्सद नहुनु स्वभाविकै हो । मस्तीको जीवनबाट को बाहिर निस्कन चाहन्छ र †
आज संविधानसभाको न गरिमा छ न महिमा नै । सबै सभासद्हरू हास्य पात्रमात्र भएका छैनन् लज्जाको परिचयाक पनि बनिरहेका छन् । चारजना सभासद् मिलेर ६०१ जनाको हुललाई तोरीको फूल देखाइरहेका छन् । जंगलमा छ“दा मान्छेका सा“प्रा फर्काउने तालिम लिएका भनिएका २३८ जना जाबो चारजनाको अघिल्तिर कुर्सीमै बसेर तुरुक्क भैदिएपछि अरु सभासद्हरू उङ्न थाल्नु स्वभाविकै हो । संविधानसभा भवनभित्रै विगत तीन वर्षदेखि हास्यरस बिनाको गाईजात्रा चलाइरह“दैछ भने संविधानप्रति कसको ध्यान जाने ? संविधान भनेको मुलुकको मूल कानुन हो । जसलाई मुलुकको भाग्य र भविष्यप्रति चिन्ता छैन, राष्ट्रिय स्वधीनता संकटमा परिरहेको मतलव छैन, जसलाई व्यवहारिक जीवनका मर्यादाहरू नै थाहा छैन र नैतिकताप्रति वास्तै छैन भने तिनीहरूले कस्तो प्रकारको संविधान बनाउने हुन् ? संविधानसभामा रहेका सभासद्हरू नेपालको नया“ संविधान बनाउन आएका हुन् भनेर पत्याउनु नै मुर्खतासिवाय केही होइन । सत्ता र भत्ताको सेरोफेरोमा जीवित पारि“दै आएको संविधानसभा र सभासद्हरू देश र जनताकै लागि बोझ हुन् । यो लोकमा यिनीहरू जति समयसम्म जीवित रहन्छन् त्यति नै देश र जनताका लागि कलङ्कका रुपमा रहिरहने छन् । यदि ६०१ वटा पशुलाई राज्यस्रोतको खर्चबाट पाल्ने हो भने तिनले मुलुकलाई धेरै दिन्छन् । केही नदिए पनि गोबर त दिन्छन् । तर, संविधानसभाका सभासद्हरू जति जीवित रहन्छन् त्यति नै उनीहरू विकृतिजन्य कार्यको बोझ बोकाउ“छन् । अहिले पनि बोकाइरहेका छन् । यदि संविधानसभामा रहेका ६०१ जना सभासद्हरूमाथि राज्यले गरिरहेको लगानीको एक प्रतिशत खर्च गरेर त्यति नै संख्यामा गाई पालेको भए मुलुकले केही न केही राहत पाउ“थ्यो । सु“गुर वा घोडा पालेको भए पनि देख्न सकिने किसिमका फाइदाहरू नेपाली जनताले देख्न पाउ“थे ।
नेपाली जनतालाई नियम र कानुनमा बा“ध्ने संविधान बनाउन भनी संविधानसभा छिरेका सभासद्हरूको ताल चितामा उत्तानो परेर सुतेको मुर्दाले देख्न पाए जुरुक्क उठेर हा“स्दो हो । झन् नेताहरूका बाह्रमासे कर्तुतहरू देख्नर बुझ्न सक्ने भए सु“गुरले पनि आफ्नो जात परिवर्तन गरिदिनु प¥यो भन्दै कराउ“दो हो । जनतालाई नियममा वसेर नैतिकवान बन्ने प्रेरणा दिनुपर्ने सभासद्हरू कोही वेश्याकोठीमा नाङ्गै भेटिन्छन् । कोही फरियाको सिरानी लगाएर सडकमा नाङ्गै सुतेका भेटिन्छन् । कोही राज्यले उपलब्ध गराएको रातो राहदानी किन्ने दलाल खोज्दै हि“ड्छन् भने कोही विजुली चोर्दाचोर्दै समातिन्छन् । यस्तै औकातका सभासद्हरूको हुलबाट मन्त्री बन्न ‘योग्य’हरू भन्दै दलका नेताहरूले मन्त्रालयको कार्यभार सुम्पन्छन् । ती ‘योग्य’हरू कोही नक्कली कामदार देखाउ“दै मासिक भत्ता असुल्छन् भने कोही गाडी पुरानो भयो भन्दै सडकका ढुङ्गा उठाएर त्यही गाडीमाथि बजार्छन् । कोही जिल्ला प्रमुख अधिकारीले सबैले देख्नेगरी राम्रो सत्कार गरेन भन्दै हात उठाउ“छन् भने कोही आफ्नै मन्त्रालयमातहतका कर्मचारीलाई शौचालयमा तालाबन्दी गरिदिन्छन् ।
यी त भए सभासद्मा जित्नेहरूका चर्तिकला । त्यही सभासद्मा जनताले हराएकाहरूको शान झन् उदेकलाग्दो छ । एक ठाउ“बाट नजिते पनि अर्को ठाउ“बाट जित्छु भन्ने हिसाब गर्दै चुनावमा उठेका तर दुबै ठाउ“बाट जमानत जफत भएकाहरू लोकतन्त्रको दुहाई दि“दै प्रधानमन्त्री हुन्छन् । तिनैले जनमतको कदर गर्नुपर्ने फलाको गर्छन् । अहिले सभासद्जस्तो पदका लागि जनताबाट तिरस्कृत भएकाहरू अघिपछि सरकारी सुरक्षाकर्मीको घेरामा सडकमा साइरन बजाउ“दै हु“इकिन्छन् । उनीहरूले भन्ने गरेको लोकतन्त्रमा लोकलाई नै बेइज्जत गर्दै शानमा हि“डिरहेकाहरूले राष्ट्रलाई कस्तो योगदान दिएका छन् ? वास्तवमा सु“गुरलाई जिल्याउनेहरूको निर्देशनमा अझै पनि नेपाली जनता झण्डा बोक्दै दगुर्नु भनेको मातृभूमिमाथिको जघन्य अपराध हो । तर, यो कसले बुझ्ने ?
संविधान बनाउन भनेर तोकिएको र पछि एकवर्ष थपिएको म्याद सकिन दुई हप्ता बा“की छ । संविधान बनाउने कसम खाएर संविधान बनाउन संविधानसभा छिरेका अधिकांस सभासद्हरूले राष्ट्रको कसमस“गै मासिक ६० हजार रुपैया“भन्दा बढी भत्ता खाइरहेका छन् । त्यतिले नपुगेर आफ्नै कार्यकर्तालाई जागिर लगाउने नाममा हजारौं ठगिरहेका छन् । मैमत्त भएर बरालिने त्यस्ता सभासद्हरू कोही खोरमा त कोही महलमा छन् । तर, कोही पनि देश र जनताप्रति वफादार छैनन् । यो मुलुकको दुर्भाग्य नै भनौं, एउटा पनि सभासद्ले उदाहरणीय काम गरेको छैन । यदि सोच्छ सोचका हुन्थे भने ६०१ सभासद्ले मासिक १० हजार उठाएर वितेको तीन वर्षको अवधिमा १२ करोड ६३ लाख ६० हजार रुपैया“ सङ्कलन गरी कुनै दुर्गम ठाउ“मा विद्यालय, अस्पताल वा सयौलाई रोजगारी दिन मिल्ने उद्योग खोल्न सक्ने थिए । त्यतिमात्र होइन एउटा आधुनिक सु“गुर फार्म नै खोल्न पनि सक्थे । सु“गुरका लागि चारो उद्योग नै खोल्न सक्थे । तर, यिनीहरूले राज्यबाट प्राप्त हुने भत्ताको एक प्रतिशत खर्च गर्ने होइन कसरी नक्कली भ्रमण बिल बनाई शून्य अङ्क थपेर राज्यकोषबाट धुत्ने भन्ने सोचको मात्रै विकास गरे । यस्तो सोचका सभासद्हरूलाई जनताले कुन अर्थमा माननीय भन्ने ? घटनाक्रमहरूले सभासद्लाई माननीय होइन हाननीय परिभाषित गराउ“दै लगिरहेका छन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...