काठमाडौ, १२ जेठ । चुरे भावर क्षेत्रमा दह्रो संगठन भएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले भोली जेठ १३ गतेबाट दुई दिनसम्म आमहडताल गर्दै संविधानसभा भवन घेराउ गर्ने भएको छ । सो पार्टीले संविधान बनाउन नसक्ने संविधानसभा विघठन गरेर सहमतिको राष्ट्रिय सरकार गठन गरी संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले भोली र पर्सीकोलागी आम हडताल सहित संविधानसभा घेराउको कार्यक्रम राखेको महासचिव बद्री न्यौपानेले जानकारी दिए । अर्का महासचिव भूमिराज निरौलाले दिएको जानकारी अनुसार आमहडताल र संविधान सभा घेराउ कार्यक्रम सफल बनाउन पार्टीको २० हजार शान्ति सेनालाई राजधानीमा भित्र्याईएको छ । शान्ति सेनाले बन्द अवज्ञा गर्ने र संविधानसभा घेराउ अभियानमा अवरोध गर्नेको प्रतिकार गर्ने निरौलाले जानकारी दिए । सो पार्टीले संविधानसभा घेराउको क्रममा सरकारले निर्धारण गरेको निषेधित क्षेत्र तोडदै संविधानसभाको गेटैमा पुगेर धर्ना बस्ने र सभासदहरुमाथि भौतिक आक्रमण गर्ने कार्यक्रम समेत बनाएको छ । महासचिव न्यौपानेले भेटेसम्मका सभासदहरुलाई जनताको करको पैसा खाएको असुली गर्ने योजना गरेको जानकारी दिए । त्यसैगरी सो पार्टीले आफ्नो संगठन भएको झापा देखिको मकवान पुर सम्मको जिल्लामा पनि बन्द गर्ने बताईएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...