भोली एक हजार आठ त्रिशुलसहित संविधानसभा घेरिने


काठमाडौ । कसैले तोकिएकै समयमा संविधान निर्माण गर्नु पर्ने त कसैले संविधानसभाका विघठन गर्नु पर्ने माग राख्दै दिनहुँ जसो संविधानसभा भवन नयाँ बानेश्वर घेराउ र धर्ना दिईरहेको बेला नेपाल हिन्दु राष्ट्र कायम हुनु पर्ने माग गर्दै शिब सेना नेपालले अनौठौ तरिकाले संविधानसभा घेराउ गर्ने भएको छ । 
शिब सेना नेपालले भोली भगवान शिबको हतियारको रुपमा रहेको एक हजार आठ त्रिशुल सहितको जुलुस निकालेर नयाँ बन्ने संविधानमा हिन्दु राष्ट्र बनाउनु पर्ने विषयमा दवाव दिन त्रिशुल जुलुस सहित संविधान सभा घेराउ गर्न लागेको हो । 
सेनाले भोली विहान ११ बजे राजधानीको लैनचौरबाट एक हजार आठ त्रिशुलधारीहरुको जुलुस राजधानीका विभिन्न स्थान हुँदै संविधानसभा भवन नयाँ बानेश्वर पुगेर घेराउने गर्ने कार्यक्रम तय गरेको सेनाका कार्यबाहक अध्यक्ष अनिल बस्नेतले जानकारी दिए । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...