काठमाडौ, ११ जेठ । सरकारको राजिनामाको विषयलाई लिएर एमाले र माओवादीका नेताहरुवीच जुहारी चलेको छ ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै एकीकृत नेकपा माओवादीका नेता देबेन्द्र पौडेल सुनिलले सहमतिको सरकार गठन गर्न १४ गतेभित्र प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारले राजिनामा दिएर मार्ग प्रसस्त पार्नु पर्ने बताए लगत्तै उठेर उर्जामन्त्री गोकर्ण विष्टले सहमतिको विकल्प तयार नभएसम्म सरकारले कुनै पनि हालतमा राजिनामा नदिने स्पष्ट पारे ।उनले भने विकल्प विहीन अवस्थामा शुन्यमा प्रधानमन्त्रीले राजिनामा दिनु हुन्न ।
साक्षात्कारमा उर्जामन्त्री विष्टले माथिल्लो कर्णाली जलविद्युत आयोजनामाथि आक्रमण गर्ने माओवादी कार्यकर्ता र नेता भए पनि कारवाही गर्ने घोषणा गरेपछि आक्रोसित भएका माओवादी नेता पौडेलले दुई दिन बाँकी छ सरकारमा बस्न कारवाही गर्ने कुरा नगर्नुस भने पछि उहाँहरुवीच जुहारी चलेको थियो । उर्जामन्त्री विष्टले पौडेलको भनाईप्रति लक्षित गर्दै भने–दुई दिन त के एक घण्टा बाँकी रहे पनि म राज्यको काम गर्छु र गरिरहन्छु । पौडेलले भने लगानी र कारवाहीको कुरा गर्नु भन्दा पनि सहमतिकोलागी बाटो खोल्न अगाडि बढनु पर्ने सुझाव दिएका थिए ।
साक्षात्कारमा मन्त्री विष्टले जनप्रतिनिधिमुलक संस्था सक्ने अपजस काग्रेसले कुनै पनि हालतमा नलिने भन्दै सहमतिमै संविधानसभाको म्याद थपिने दावी गरेका थिए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...