झापामा बोक्सीको आरोपमा एकै परिवार २ सहित ३ जनामाथि निर्घात कुटपिट

राजगढ १० जेठ । झापाको राजगढमा स्थानीयवासीले बोक्सीको आरोप लगाएर तीन जनालाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।
घाईतेमध्धे दुई जना महिला छन् भने एकको अवस्था गम्भिर छ ।
राजगढ–१ बोक्राझाडीका भोला मर्डी, उनकी पत्नी माइन मर्डी र राजगढ– २ डिग्लीबारीका दया बेस्रा, बङ्ग्रु मर्डी लगायत दर्जनौं गाउँलेले कुटपिट गरेको पीडितले बताएका छन् । कुटपीट नगर्न आग्रह गर्दा आफैमाथि आइलागेको पीडित भोला मर्डीका छोरा मुन्सी मर्डीले बताए । 
विगत ९ महिनादेखि विरामी रहेकी राजगढ–१ बोक्राझाडीका देवान मर्डीकी १५ वर्षिया छोरी सोमी मर्डीको उपचारका क्रममा मृत्यु भएपछि गाउँलेहरुले ‘बोक्सी लागेको’ भन्दै कुटपीट गरेका हुन् ।
पीडीत मीना मर्डीका पति गोपाल हेमरमले मेला डाकेर उनीहरुमाथि कुटपिट गरेको बताए ।
झापामा बोक्सीको आरोपमा यसरी कुटपिट गरेको यो भने पहिलो घटना हैन । कम विकसीत भएका झापा दक्षिणी गाविस बाहेक सुगम गाविसमहरुमा पनि बोक्सीको आरोपमा महिलाहरुमाथी अन्याय हुने गरेको छ ।
बोक्सीको आरोपमा झापामा भएका घटनाहरु हामीले पहिले राखेका समाचारहरु । त्यही क्लिक गनुृहोला समाचार पूरा पढ्नको लागि ।

झापामा पनि बोक्सीको आरोपमा यातना

बोक्सी आरोपमा दिसा खुवाइयो


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...