काँकडभिट्टा, वैशाख २८ - नेपालको प्रवेश द्वारमा मंगलबार बेलायती पर्यटक लुटिएका छन् । बेलायती नागरिक ज्याक काँकडभिट्टास्थित बाहुनडाँगी रोडबाट दिउँसो लुटिएको इलाका प्रहरी कार्यालयले जनायो । अध्यागमन कार्यालयबाट राहदानीमा छाप लगाएर शौचालय पसेका उनको झोला अचानक चोरी भएको थियो ।
प्रहरीले खोजी गर्दा काँकडभिट्टास्थित पुरानो भन्सार नजिकैको सडक कल्भर्टमा झोला फेला परेको थियो । झोलामा राहदानी, क्रेडिट कार्ड र ड्राइभिङ लाइसेन्स बाहेक कुनै सामान फेला पर्न सकेन । करिब एक लाख मूल्य पर्ने क्यानन कम्पनीको डिजिटल क्यामरा र १० हजार रुपैयाँ लुटेराले लगेर गएको पीडितलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालयका निरीक्षक देवीप्रसाद फागोले कान्तिपुरलाई बताए । प्रहरीले पर्यटकको झोला लुट्ने गतिविधिमा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...