पक्रउ परे नक्कली परीक्षार्थी

सुनसरीको इटहरीस्थित कस्तुरी कलेजमा कक्षा–१२ को परीक्षा दिने एकजना नक्कली परीक्षार्थी मगंलबार पक्राउ परेका छन् । 
एक्जाम्टेड तर्फ अंग्रेजी विषयको परिक्षामा इशा ब्लोनको नाममा परीक्षा दिइरहेका इटहरी २ शान्तिनगरका कुञ्जन ब्लोन पक्राउ परेका हुन् । चेकजाचको क्रममा प्रवेश पत्रमा नाम महिलाको र तस्वीर पुरुषको भएपछि शंका लागेर सोधपुछ गर्दा उनी नक्कली परीक्षार्थी भएको खुलेको थियो । पक्राउ परेका कुन्जनलाई कार्वाहीका लागि प्रहरीलाई जिम्मा लगाएको कस्तुरी कलेजका प्रिन्सिपल प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।
 यसैबिच, पक्राउ परेका ब्लोनलाइ इलाका प्रहरी कार्यालय इटहरीले शिक्षा ऐन अन्र्तगतको कार्वाहि गर्नका ७ दिनको म्याद थप गरेको छ । ब्लोनलाइ मगंलबार नै जिल्ला प्रहरी कार्यलय सुनसरी मार्फत ऐन अन्र्तगतको कार्वाहि गर्नका लागि ७ दिनको म्याद थप गरि ल्याइएको प्रहरी निरीक्षक श्यामल शुब्बाले जनाए । उनका अनुसार पक्राउ परेका ब्लोनलाइ शिक्षा ऐन अनुसार ६ महिनाको जेल सजाय वा १ लाख रुपैया सम्म जरिवाना लिन सकिने छ । 
Via Source:- Clickdharan


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...