पशुपतिनगर इलाम २१ वैशाख
इलामको पशुपतिनगर आसपासका क्षेत्रबाट करिब चार सय विद्यार्थी भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । उनीहरुलाई लिन र पुर् याउन निर्वाधरुपमा भारतीय विद्यालयका गाडी दैनिक नेपाल प्रवेश गर्ने गरेका छन् ।
भारतीय विद्यँलयका गाडीलाई निर्वाधरुपमा नेपाल प्रवेश गर्न दिइनु र स्थानीय विद्यँलयप्रतिको विश्वासको कमीले भारत पढ्न जाने विद्यार्थी संख्या बढेको स्थानीय बासिन्दा बताउँछन् । सीमादेखि १८ किलोमिटर टाढासम्म पुगेर भारतीय विद्यालयका गाडीले नेपाली विद्यार्थी ओसार्ने गरेका छन् । यसका कारण स्थानीय सामुदायिक तथा निजी विद्यालयमा विद्यार्थीको खडेरी लागेको छ ।

स्थानीय सार्वजनिक निमाविका प्रधानाध्यापक दुर्गाप्रसाद काफ्लेले भारतीय गाडी निर्वाध आवतजावत गर्ने भएकाले नेपाली विद्यालयमा विद्यार्थी संख्या घटेको बताए । उनका अनुसार सीमा क्षेत्रका बि्रन्दावन पाँच माइल चार माइल मिरिकका आधादर्जन बढी भारतीय विद्यालयमा पढ्न नेपाली विद्यार्थी जान्छन् । पशुपतिनगर क्षेत्र र छिमेकी गाउँ तीनखुट्टे टाँसी गाउँलगायतका ठाउँबाट भारत पढ्न जाने गरेका हुन् ।
'भारतीय विद्यालयका गाडी निर्वाधरुपमा जहाँसम्म पनि जान पाएका छन् ती गाडीले विद्यार्थी दैनिक लैजाने र घरमा पुर् याउने गर्छन्' काफ्लेले भने 'यसका कारण नेपालका विद्यालयमा विद्यार्थीको कमी हुँदै गएको छ ।'
प्रधानाध्यापक काफ्लेले यस वर्ष पनि विद्यार्थी भर्ना संख्या घटेको जानकारी दिए । आफै प्रधानाध्यपक रहेको विद्यालयको उदाहरण दिँदै उनले भने "दुई/चार वर्षअघि एक कक्षुमा ४० जना विद्यार्थी भएको ठाउँमा घट्दै गएर अघिल्लो वर्ष सातजना भर्ना भए अंगे्रजी माध्यममा पढाउँदा विद्यार्थी बढ्ने आशले नयाँ योजना बनाएका छौँ ।"पशुपतिनगर क्षेत्रमा दुईवटा सिद्धार्थ र इडेन नेसनल बोर्डिङ स्कुल साचालनमा छन् । अघिल्लो शैक्षिक सत्रमा सिद्धार्थमा करिब २४ विद्यार्थी र इडेनमा एक सय ८५ विद्यँर्थी भर्ना भएका थिए । धेरै प्रयास गर्दा पनि नेपालमै विद्यार्थी राख्न नसकिएको इडेन बोर्डिङ स्कुलका प्रिन्सीपल तथा प्याब्सन इलामका सदस्य रिगेन राईले गुनासो गरे ।
प्याब्सन सदस्य राईले द्वन्द्वकालमा बोर्डिङ स्कुल बन्द हुँदा भारतमा जान थालेका विद्यार्थीलाई अहिले नेपालमै रोक्न नसकिएको पनि बताए । तर कतिपय अभिभावकमा नेपाली विद्यालयप्रतिको शैक्षिक गुणस्तरमा विश्वास नरहेको पनि उनको भनाइ छ ।

भवानीश्वर गौतम (नयाँ पत्रिकाबाट )
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...