मणिपुर छाड्न नेपालीलाई उर्दी


पर्वत पोर्तेल
काँकडभिट्टा, वैशाख १५ - 
पूर्वोत्तर भारतको मणिपुरमा बसोबास गर्दै आएका नेपालीभाषीलाई त्यहाँको एक प्रतिबन्धित संगठनले तत्काल मणिपुर छाड्न उर्दी जारी गरेको छ । भूमिगत संगठन काङ्लेपाक कम्युनिष्ट पार्टी (केसीपी) ले नेपालीभाषीलाई लक्षित  गरी बिनाकारण उर्दी जारी गरेपछि उनीहरू त्रसित बनेका छन् ।  उर्दीपछि घर छाडेर हिंड्न थालेका छन् ।
मणिपुरको इम्फालमा बसोबास गर्दै आएका मनोज कार्की, कृष्ण थापा, रमेश बुढाथोकीलगायतको एक टोली बुधबार नेपाल फर्किएको छ । उनीहरूले बस्न सक्ने अवस्था नभएकाले भागेर आएको बताए । केसीपीले लामो समयदेखि नेपालीभाषी र विहारीलाई लाखांै रुपैयाँ चन्दा माग गर्ने र नदिए ज्यान मार्ने धम्की दिंदै आएका छन् । यसपटक पनि चन्दाकै कारण उर्दी जारी गरेको बताइएको छ ।  
मणिपुरका स्थानीय व्यवसायी सञ्जय अधिकारीका अनुसार गत १४ अपि्रलको स्थानीय 'द सङाई एक्सप्रेस' दैनिक पत्रिकाले नेपालीभाषीलाई मणिपुर छाड्न केसीपीले दिएको उर्दीसम्बन्धी समाचार प्रकाशित गरेको थियो ।
समाचारमा मे ४ तारिखभित्र सबैलाई मणिपुर छाडिसक्न केसीपीले चेतावनी दिएको छ । अधिकारी भन्छन्, 'नेपालीभाषीहरू सुरक्षित  आश्रयको खोजीमा लाग्न थालेका छन् ।' उक्त संगठनले भनेको नमाने जे पनि गर्न सक्ने चेतावनी दिएका कारण नेपालीभाषीमा त्रास छाएको अधिकारीको भनाई छ ।
बहुसंख्यक नागा, कोकी र मणिपुरीहरूको बसोबास रहेकोे त्यहाँको कालापहाड, चारहजारे, इम्फल, मैत्रीपोखरीलगायतका क्ष्ाेत्रमा अल्पसंख्यक नेपालीभाषीको बसोबास छ । गाईपालन, खेतीकिसानी र व्यापार यहाँका नेपालीभाषीको पेसा हो । यहाँ करिव ५ लाखको संख्यामा नेपालीभाषी रहेको जनाइएको छ ।
सन् १८९१ देखि यहाँ नेपालीभाषी बस्दै आएको मन्त्रीपोखरी भन्ने स्थानका साहित्यकार भवानी अधिकारी बताउँछन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...