झापाका १५ हजार बालबालिका विद्यालय बाहिर

झापा बैशाख १३ विकास र चेनताले सुगम झापामा अहिले पनि विद्यालय जाने उमेर झण्डे १५ हजार बालबालिका विद्यालयको पहुँचबाट टाढै रहेको पाइएको छ । १४ हजार ९ सय ४५ बालबालिकाले विद्यालय जाने अवसार नपाएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।
कार्यालयले फागुन र चैत महिनामा गरेको जिल्लाव्यापी सर्वेक्षणबाट विद्यालय जान नसकेकाको तथ्यांक प्राप्त भएको हो । सरकारले ५ देखि १५ वर्षसम्म्का बालबालिकालाई विद्यालय जाने उमेर समूहमा राखेको छ । सामुदायिक विद्यालयमा पढ्न शुल्क नलाग्ने भए पनि यति ठूलो संख्यामा बालबालिका विद्यालय नआउनुमा शैक्षिक संस्थाको पनि कमजोरी भएको जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई स्वीकार्छन् । 
‘यहाँ भूगोलको विकटता छैन, पढ्न खर्च पनि लाग्दैन,’ उनले भने, ‘हाम्रो प्रयासको कमीले यस्तो भएको हो ।’ विद्यालय नजनेको यो संख्याभित्र बीचमै कक्षा छाडेका पनि छन् । अभिभावकलार्य काम सघाउनै पर्ने बाध्यता, विद्यालय जान प्रोत्साहित नगर्ने पारिवारिक वातावरणले बीचमै कक्षा छाड्नेको संख्या थपिएको कार्यालयको ठहर छ । विद्यालय नजाने र बीचमै छाड्नेलाई लक्षित गरी कार्यालयले भर्ना अभियान चलाएको हो । बैशाखको तेस्रो सातासम्म चल्ने अभियानले उनीहरुलार्य विद्यालय आउन प्रोत्साहित गर्ने जिशिअ भट्टराईले बताए । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...