![]() |
प्रकाश पौडेल |
सदाको जस्तै यस वर्ष पनि लोडसेडिङको समय बढेर दिनको १२ घण्टा पुगिसकेको छ । यो क्रम दैनिक १८ घण्टा नपुगेन्जलसम्म जारि रहन्छ । जाडो मौसमको अन्त्यसँगै जनजीवन समान्यतर्फ रुपान्तरित हुँदा नेपालीको मन फेरी एकचोटी भाँचिने गर्छ र सोच्ने गर्छन् हामी नेपाली भनेर गर्व गछौं किनकी हामीलाई राज्यले दैनिक १८ घण्टा ढुङ्गे युगको कल्पना गराउँछ ।
नेपाल जलश्रोतमा धनि राष्ट मानिन्छ । विश्वमा ब्राजिलपछिको दोस्रो ठूलो राष्ट्र मानिदै आएपछि आर्थिक, भौगोलिक र राजनैतिक अस्थीरताका कारण जलविद्युतमा विकास भएको देखिदैन । ८३ हजार मेघावाट विद्युत उत्पादन गर्न सकिने हाम्रो देशमा १ हजार मेघावाट पनि विद्युत उत्पादन हुन सकेको छैन । देशमा चालिस प्रतिशत भन्दा कम जनसंख्याले मात्र हाल विद्युत उपयोग गर्न पाइरहेका छन् । त्यहि पनि दिनमा ८ घण्टा मात्र । यसरी विद्युतीय क्षेत्रमा राज्यले लगानी गर्न नसक्दा सर्वसाधारण जनतामात्र होइन, देशको अर्थतन्त्र नै पूर्ण प्रभावित बनेको छ ।
जलविद्युत क्षेत्रमा लगानी गर्न नसकिरहेको अवस्थामा सौर्य उर्जाले केही हदसम्म भएपछि उर्जा संकट टार्न मद्दत पु¥याएको छ । सौर्य उर्जा सन् १९९४ सालबाट नेपालमा भित्रिएको हो । एम् अमेरिकन संस्थाको सहयोगमा तनहुँ जिल्लाको पुलिमराङ गाविसबाट यो प्रविधिको नेपालमा विकास भएको पाइन्छ । सो गाउँका ४६ घरधुरीले त्यतिखेर घामबाट विजुली उत्पादन हुने प्रविधि प्रयोग गर्दा गाउँ नै झलमल्ल बनेको थियो । हाल आएर देश दैनिक १८ घण्टा अन्धारमय बन्दा २ लाख ५० हजार घरधुरी झलमल्ल देखिन्छन् ।
सौर्य उर्जा विशेष गरी ग्रामिण क्षेत्रका जनताहरुले उपयोग गरीरहेका छन् । विद्युत पुर्याउन नसकिरहेको अवस्थामा त्यहाँका बासिन्दालाई यो प्रविधिले लोभ्याएको छ । न त लोडसेडिङ हुने डर, न त टि.भी हेरिरहेको अवस्था विद्युत काटिने नै डर । हाल देशभरी प्रयोगमा आइरहेको सार्य उर्जाबाट ७ मेघाबाट विद्युत उत्पादन भएको अनुमान गरिएको छ । परिमाणमा यो सानो भएपनि दुर्गम ग्रामिण क्षेत्रमा पुर्याएको उज्यालो क्रान्तिले ठूलो परिवर्तन ल्याएको ठान्नुपर्छ ।
सरकारले उर्जा संकट कम गर्न सौर्य उर्जा प्रयोगको नीति अघि ल्याएको छ । तर, यो शहरी क्षेत्रमा प्रयोग भएको देखिदैन । उर्जा संकट गाउँ, शहर दुवैमा उस्तै छ । सौर्य उर्जाको प्रयोग बढाउन यसमा प्रयोग हुने उपकरण लाई कर शुल्क दुवै मिनाहा मात्र होइन आकर्षित हुने किसिमका कार्यक्रम ल्याउन जरुरी देखिन्छ । सौर्य उर्जाको प्रयोगलाई मात्र बढाउने हो भने जलविद्युतको संकटलाई धेरै हदसम्म टार्न सकिन्छ । कहिल्यै उज्यालो नपुग्ने गाउँमा मात्र होइन, संधै लोडसिडङ हुने शहरमा समेत सौर्य उर्जाको प्रयोगले उज्यालो क्रान्ति गर्न सम्भव् देखिन्छ ।
एकपटक यो भिडियो हेर्नुस त !
लेखक झापाका युवा पत्रकार हुन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...