महिला हिंसा विरुद्ध जुटे महिलाहरु

काँकडभिट्टा–  ‘महिला विरुद्ध हुने हिंसा निजी होइन, सामाजिक समस्या हो’ अभियान सहजकर्ता विमला चिमरियाले झापाको मेचीनगर ९ स्थित दीपनगरका गाउले माझ भनिन्,‘समाजमा गरिने दोश्रो दर्जाको व्यवहारका कारण महिलाहरु हिंसामा परिरहेका छन् ।’ 
महिलाविरुद्ध हुने जुनसुकै हिंसाहरुको अन्त्यका लागि ‘हामी सक्छौ’ नामक गैरसरकारी संस्थाले स्थानीय महिला जनचेतना केन्द्रमार्फत हिंसा अन्त्यका लागि घरदैलो अभियान शुरु गरेको छ । अभियानमा विमला जस्ता केही युवा युवती हिंसा अन्त्यका लागि झापाका गाउ“– गाउ“ चाहरिरहेका छन् । मेचीनगरमा चिमरियासंगै कविता नेपाल, उषा सिटौला, देवु थापा र एक जना पुरुष धु्रव पौडेल अभियानमा खटिएका छन् । 
‘अभियानको मुख्य उद्देश्य महिला हिंसा गर्नु हुदैन भन्ने नै हो’, झापाको मेचीनगरमा खटिएकी सहजकर्ता कविता नेपाल भन्छिन् । नेपालका अनुसार  घरदैलो अभियानले परिवर्तनका संवाहकहरुलाई भेटेर सदस्यता नवीकरण गर्ने र विगतको तुलनामा  आएको परिवर्तन  वारेमा रिपोर्ट तयार गर्ने छ ।
महिला हिंसाविरुद्धको घरदैलो अभियानमा खटिएका मेचीनगरका सहजकर्ताहरु ।
झापाको तीन नगरपालिका र ४७ गाविसमा यो अभियानमा आरम्भ गरिएको हो । तस्वीरः ई–कान्तिपुर 
 अभियान टोलीले मेचीनगरका १३  वडामा घरदैलो गरेको थियो । जसमध्ये अधिकांश वडाका सर्वसाधारणमा विगतको तुलनामा महिला हिंसावारे चेतना वढेर गएको पाइएको छ । ‘पुरुषको  सहयोग कै कारण धेरै वडामा हिंसा कम हुदै गएको पाइयो’, सहजकर्ता उषा सिटौलाले भनिन्,‘हिंसा क मगर्न पुरुषको भुमिका मुख्य देखियो ।’
हिंसा अन्त्य गर्ने उद्देश्यका साथ झापाका तीन नगरपालिका र ४७ गाविसमा २२ जना युवायुवती खटिएको महिला जनचेतना केन्द्र   
का“कडभिट्टाकी अध्यक्ष राधा प्रदान कार्कीले जानकारी दिइन् । उनका अनुसार झापामा हाल ५ हजार वढी परिवर्तनका संवाहक छन् । मेचीनगरमा मात्रै ५ सय वढी त्यस्ता संवाहक रहेको पाइएको छ । 



No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...