मुम्वई, माघ ४ - लामो समयदेखि मुम्बईमा थलिएर सोमबार निधन भएका चर्चित गायक कुमार कान्छाको पार्थिव शरिरलाई साँझ दाहासंस्कार गरिएको छ ।
त्यसअघि गोरेगाउँस्थित घरमा ल्याएर श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।
श्रद्धाञ्जलीमा संगीतकार रञ्जित गजमेर, गायक तथा अभिनेता मुरलीधर, गायिका जमुना शर्मा, संगीतकार शिखर सन्तोषलगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
कुमार कान्छाको शबलाई दाहसंस्कारको लागि लैजाँदै गर्दा सयौं नेपाली सहभागी थिए । 'जिन्दगीको के भर छ र...', 'बतासले उडाइलग्यो माया मेरो...', 'आमैले भन्थिन् धाराको पानी...' लगायत चर्चित गीतका गायक कुमार कान्छाको ५३ वर्षको उमेरमा मुम्बईको माहिमस्थित एसएल रहेजा अस्पतालमा सोमबार निधन भएको थियो ।
एक सयभन्दा बढी नेपाली चलचित्रमा गीत गाएका कान्छाले 'कोसेली' र तुलसी घिमिरे निर्देशित चर्चित नेपाली चलचित्र 'लाहुरे'मा अभिनयसमेत गरेका छन् । सन् १९५७ जुलाई २३ मा कोलकातामा जन्मिएका कान्छाको पुख्यौली घर दैलेख हो । बुबा मानबहादुर शाह र आमा तुलसीदेवी शाहका एक्ला छोरा कुमारले सानै उमेरदेखि सबैले मायापूर्वक 'कान्छा' भनेर बोलाएकाले शाह थर हटाएर 'कान्छा' उपनाम राखेका थिए ।
Image Curtesy:- Ekantipur
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...