जलवायु संरक्षणमा साइकल यात्रा

काँकरभिट्टा ७ पौष 
जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी स्थानीय जनतामा चेतना फैलाउने उद्देश्यले शुरु गरिएको मेचीमहाकाली साइकल यात्रा हिजो पुरा भएको छ । 
वन विज्ञान अध्ययन संस्थान पोखरामा आइएसी दोस्रो वर्षमा अध्ययनरत विदार्थीको समूह्ले महाकालीबाट मंसिर १२ गते शुरु गरेको साइकल यात्रा सोमबार मेचीमा आई पूरा भएको हो । कैलालीका गोपाल खनाल र कञ्चनपुरका दिपेन्द्र नाथले साइकल यात्रा सम्पन्न गरेको हुन् । खनाल र नाथले तराईका २० जिल्ला, पहाडका कास्की र पाल्पाका क्याम्पस, विद्यालय र सामुदायिक वनमा जन चेतना फैलाउँदै सोमबार काँकरभिट्टामा एक कार्यक्रम गर्दै साइकल यात्रा पूरा गरेको घोषणा गरेको हुन् ।

यस अभियानमा डब्लु डब्लु एफ, आइयूसीएन, ली वर्ड, फेकोफन लगायतका संस्थाहरुले सहयोग गरेको उनीहरुले बताए । विश्व हरितगृह ग्याँसको उत्सर्जनमा नेपालको हिस्सा नगन्य रहेकाले यसमा सहभागि हुन् उनिहरुले अपिल समेत गरेका छन् । जलवायु परिवर्तनले लाग्ने, पर्यटन, कृषि उत्पादन, जैविक विविधता, पानीलगायतका क्षेत्रमा असर पुर्याउने भएकाले यसको संरक्षणका लागि यात्रा गरेको खनालले मेचीनगर अनलाईनलाई जानकारी दिए । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...