प्रकाश पौडेल मेचीनगर
मेचीनगर नगरपालिका कार्यालयका लेखा अधिकृत राजन भेट्वाल विगत केही महिनादेखि कार्यालयमा उपस्थित हुन नसक्दा नगरपालिकाको आर्थिक कारोवार सञ्चालनमा कठिनाई भएको छ ।
कार्यालयकै कामको लागि राजधानी पुगेका अधिकृत भेट्वाल सुकुम्वासीको आन्दोलन चर्किएपछि आफू सुरक्षित हुन् नसक्ने भन्दै कार्यालयमा उपस्थित भएका छैनन् ।
दैनिक लाखौंको कारोवार हुने नगरपालिका कार्यालयमा लेखा अधिकृत नहुँदा विकास निर्माण र अन्य विविध
कामको लागि रकम विनियोजन हुन सकेको छैन । नगरपालिकाले स्थानिय क्षेत्रमा गर्दै आएको विकास कार्यको लागि र अन्य दैनिक कार्यको लागि रकम निकाल्न नेपाल वैंक लिमिटेड काँकडभिट्टा शाखामा रहेको नगरपालिकाको खातामा लेखा अधिकृत र कार्यकारी अधिकृतको हस्ताक्षर अनिवार्य छ । लेखा अधिकृत नहुँदा विभिन्न शीर्षकको नाममा सर्वसाधरणलाई दिईदै आएको आर्थिक सहयोग समेत पूर्ण रुपमा बन्द भएको छ भने स्थानिय सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारित भएका सूचनाका विलहरुपनि चुक्ता हुन सकेका छैनन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...