बलात्कारका अभियुक्तलाई दलको संरक्षक्ष
उमेश तिम्सीना
पुस ३ – बलात्कार गर्ने युवा फरार भएपछि बाह्र वर्षीय एक गर्भवती बालिकाको विचल्ली भएको छ । बलत्कारमा संलग्न मधेशी जनअधिकार फोरम सम्वद्ध युवा फरार भएपछि रुपन्देहीको पट्खौली गाविसकी मुस्लिम बालिकाको विजोग भएको हो । पटक–पटक बलत्कार भएकी उनको पेटमा अहिले सात महिनाको गर्भ छ । प्रजनन अंगहरुको राम्रोसित विकास नहुदै गर्भवती बनेकी उनी पुर्णत खतरामा रहेको चिकित्सकले बताउँछन् ।
दाहिने किड्नी खराब भएका कारण सानैदेखि शारिरीक रुपमा कमजोर बालिकालाई उनकै घरमा गाउँका ५ युवाले पालैपालो बलत्कार गरेका थिए । उनीहरुमध्ये चार जना मधेशी जनअधिकार फोरम कार्यकर्ता हुन् । एक जना उनीहरुकै ड्राइभर हुन् ।
स्थानीय वासिन्दाका अनुसार साझबिहानको छाकटार्न समस्या भएका बाबुआमा दिनमा कृषि मजदुरीकालागि गएपछि घरमा एक्लै भएको मौका छोपी उनीहरुले पटक पटक बालिकामाथि बलत्कार गरेका थिए । तर पोल खोले मार्ने धम्की दिएकाले ती बालिका चुप लागेकी थिइन् । पेट बढ्दै र गर्भवतीका लक्षण देखिदै गएपछि गर्भरहेको पाँच महिनामा मात्र उनले बाबुआमासित पीडा सुनाएकी थिइन् । न्यायका लागि कहा जानेभन्ने समेत थाहा नभएका बाबुआमा स्थानीयस्तरमा सक्रिय जनअधिकार फोरमका कार्यकर्ता तथा जिल्ला अध्यक्ष महेन्द्र यादवकहाँ न्याय माग्दै गएका थिए । तर उनीहरुले बालिकाको उद्धारको साटो बलत्कारमा संलग्न पाच जना युवालाई नै गाउँबाट भगाएको पीडितको दावी छ । घटनालाई बाहिर ल्याउन नदिन बलत्कारी युवाका घरपरिवारबाट प्रतिव्यक्ति एक हजार उठाएर ५ हजार दिने र बालिकाको गर्भ फाल्ने भन्दै उनीहरुले दवाव दिएका थिए । तर चिकित्सकले गर्भ फाल्न नमिल्ने बताएपछि उनीहरु पीडित बलत्कार गर्ने पक्षतीर लागेर बालिकाको नै दोष देखाउन थालेपछि गरीव मुस्लीम परिवार अहिले निराश भएको छ ।
पछिल्लो पटक द्धन्द्ध व्यवस्थापनका लागि नमुना एकिकृत विकास परिषदको स्थानीय स्तरमा गठित शान्ति दवाव समुहले बालिकाको न्यायकालागि इलाका प्रहरी कार्यालय धकधइमा उजुरी गरेको छ । तर बलत्कार केशकालागि तोकिएको ३५ दिन हदम्याद नाघेपछि कानुनी लडाइ लड्न नसकिने भएकाले केश अघि नबढाइएको इप्रका धकधइले बताएको छ ।
यता किड्नीकी विरामी बालिकाको अवस्था भने नाजुग बन्दै गएको छ । रगतको कमीका कारण रक्तअल्पता , जण्डीस लगायतका लक्षण देखिएका छन् । बालिकाको अवस्था कमजोर बन्दै गएपछि माइती नेपाल र नमुना एकिकृत विकास परिषदले बालिकाको बुटवलमा स्वास्थ्य परीक्षण गराएका छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनका गर्भमा रहेको बच्चाको समेत यौटा किड्नी काम नलाग्ने अवस्थामा छ । आमाको स्वास्थ्य खराबीका कारण गर्भपतन गराउनसमेत नमिल्ने भएको छ । आमाले जन्माउन पनि नसक्ने भएकाले १० महिना पुगेपछि सल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
गर्भवती बालिकाको अधिकारका लागि आवाज उठाएको नमुना एकिकृत विकास परीषदकी दीवानी घिमीरेले दलहरु नै प्रशाशन र वकिल बनेर घटना मोडिदिदा समस्या भएको बताइन् । ‘गर्भमा बच्चा रहेको प्रमाण हुदाहुदै पनि न्याय माग्न ३५ दिने हदम्याद लगाउनु दुखद भएको बताउदै उनले रुष्ट स्वरमा भनिन् ‘सम्पन्नहरुले गलत काम गर्ने दलहरुले बचाउदै गर्ने हो भने मानवअधिकारका पक्षमा कुनै काम नगरे हुन्छ । ’
यता मधेशी जनअधिकार फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादवले बलत्कारको घटना र फोरमलाई लागेको आरोप दुवै सत्य भएको स्वीकार गरे । तर धेरैपछि मात्र घटना थाहा समस्या भएको भन्दै घटनालाई लम्बाउनु भन्दा आफुले छोटाउने प्रयास गरेको बताए । ‘ अधिकारभन्दा उनीहरुबाट केही पैसा उठाएर बालिकाको गर्भ फाल्ने कि उनीमध्ये कसैसित विहे गराउने घटना मिलाउ ,सल्लाह गरौला भनेको थिए । ’ फोरम अध्यक्ष यादवले बचाउ गर्दै भने ‘ तर त्यसपछि कोही आएन ।’ घटनालाई लुकाउन ५ हजार दिएर बालिकाको गर्भ फाल्न दवाव दिने उनी निकट कार्यकर्ताहरुले प्रहरी र मानवअधिकारवादी सस्थाको सहभागीतामा प्रतिपीडक एक एक लाख रकम दिएर गर्भवती बालिका तथा पेटको बच्चाको उपचार र संरक्षण गर्ने सहमती गरेको छ । तर उक्त रकम समेत नउठ्दा बालिकाको उपचारमा समस्या भएको छ !
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...