प्यारिभिट्टाको सुकुम्वासी आन्दोलन अब अख्तियारमा

काँकडभिट्टा– वसोवास भएको जग्गालाई गौचरण भनि सिफरिस गर्ने मेचीनगरनगरपालिकाका दुई अधिकृतलाई तत्काल कार्वाही गर्न माग गर्दै सुकुम्वासीले नगरपालिकाका कर्मचारीविरुद्ध अख्तियारमा उजुरी हालेका छन् । 
राजनीतिक दलले भू–माफियालाई बचाउन खोजेको भन्दै विरोधमा उत्रिएका सुकुम्बासीले हिजो जिल्ला प्रशासन कार्यँलय झापामार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयेगमा उजुरी दिएका हुन् । उजुरीमा घटनाको उचित छानविन गरी दोषिी देखिएका नगरपालिकाका लेखा अधिकृत राजन भेटवाल र खाद्य अधिकृत दीपेन्द्र कार्कीलाई कारवाहीको माग गरिएको छ ।

सुकुम्बासी बसेको जग्गालाई गौचरन भन्दै अनारमनी– ३ का गोपाल सुनुवार र बबिता राईलाई धनीपूर्जा निकाल्न सिफारिस गरेको सार्वजनिक भएलगत्तै सुकुम्बासीले आन्दोलन सुरु गरेका हुन् । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...