महिला बलात्कृत , परिवारद्धारा प्रहरी कार्यालयमा उजुरी

झापा । पुस १० गते
चारपाने गाविस ३ की एक महिलालाई अनारमनी गाविस ३ का आलम महम्मदले  ०६७ पुस ७ र ८ गते   एक होटलको कोठामा बन्दी बनाई बलत्कार गरेकाछन् ।  
  उतm स्थानकी २० बर्षीया एक महिलालाई अनारमनी गाविस वडा न.ं ३ को मेचीटप होटल एण्ड रेष्टुरेण्टमा कुकको काम गर्ने २५ बर्षीय आलम महम्मदले ०६७ पुस ७ गते पीडीतको घरमा कोही नभएको समयमा जबरजस्ती समातेर ल्याई उनी काम गर्ने होटलमा ल्याई सोही होटलकाो कोठामा थुनेर एक रात एक दिनसम्म बलत्कार गरेका थिए । पीडीत महिलाको मोवाईल फोनसमेत पीडकले आँफूले महिलालाई कब्जामा लिने वित्तिकै आँफूसँगै राखेर कोही कसैलाई फोन गर्न नदिएको पीडीतले इन्सेक प्रतिनिधीसँग वताएकीछिन् । त्यसपछि पुस ८ गते दिउँसो पीडीत महिलाले आफ्नो मोवायलबाट पीडकलाई झुक्याएर आफ्नो दाजु संजय
राजवंशीलाई आफ्नो अवस्था बारेमा फोन गरेपछि दाजुले ईलाका प्रह्री कार्यालय बिर्तामोडमा खबर गरि प्रहरीको सहयोगमा बहिनीको उद्धार गरेका थिए । पीडकलाई प्रहरीले हाल ईलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखेर कानूनी कारबाही अघि बढाएको मुद्धा फाँटका असई कृष्ण सापकोटाले वताएकाछन् साथै ऊनले पीडीत र पीडकलाई आजै मेची अञ्चल अस्पतालमा लगेर मेडिकल जाँच गराई कारबाहीको प्रकृया अगाडी बढाईएको वताएकाछन् ।
 घट्नामा आँफूलाई बन्दी बनाई बलत्कार गरेकोले पीडकलाई हदैसम्मको कानूनी कारबाही गर्नु पर्ने माग गरेकीछिन् । तथा दाजु संजयले समेत पीडक र त्यसको मतियारको रुपमा रहेका होटल साहु डिगन राजवंशीलगायतलाई पनि कारनूनी कारबाही हुनु पर्ने माग गरेकाछन् । 
  अनारमनी गाविसका पुर्व उपाध्यक्ष तथा नागरिक समाजका प्रतिनिधी लोकबन्धु कन्दङ्गवाले यस्ता किसिमका घट्नाहरुलाई निरुत्साहित गर्न दोसीलाई कडा कारबाही हुनु पर्नेमा जोड दिएकाछन् । 
समाचार स्रोत :– झापापोष्ट दैनिक 

   



  

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...