झापामा सोह्र खानेपानी आयोजना थपिने


झापा,  यसै वर्षबाट झापामा १६ वटा खानेपानी आयोजना थपिने भएका छन् जिल्ला विकास समितिले जिल्लाका विभिन्न स्थानमा ती खानेपानी आयोजना निर्माण सुरु गरेको   तोपगाछीको कमलझोडा, महारानीझोडा, गौरादह, सतासीधाम, जुरोपानी, ग्वालडुब्बा, गौरीगन्ज, डांँगीबारी जलथलमा मझौला खानेपानी आयोजना निर्माण भइरहेको जिविसले जनाएको त्यस्तै दुर्गापुर, बनियानी, गोल्धापको कोलाटोली, गरामनी, चन्द्रगढी दोस्रो, काँकडभिट्टा दोस्रो भालुखोप खानेपानी आयोजना पनि केही वर्ष अघिदेखि निर्माण गर्न थालिएका छन्

ती आयोजनाका लागि जिविसले प्रति आयोजना बढीमा ५० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराएको अन्य खर्च स्थानीयवासी तथा सङ्घसंस्थाले जुटाउँदै आयोजना निर्माण भइरहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख खडानन्द देवले बताए

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...