कुटेर बाबुको हत्या

झापा (सुरुङ्गा), कार्तिक २६ - झापा राजगढ-३ का २२ वर्षीय जलान्धर राजवंशीले आफ्नै बाबुलाई कुटेर हत्या गरेका छन् । घरायसी विवादमा शुक्रबार बिहान ८:३० बजेतिर आफ्नै बाबु ६० वर्षीय टेडु राजवंशीलाई निर्घात कुटपिट गरी उनले हत्या गरेका हुन् । घटनामा संलग्न राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...