झापाको दमक नगरपालिका वडा नंं ११ बाट २०६३ साल वैशाखदेखि प्रशारण सुभारम्भ गरेको सप्तरंगी एफ.एम १ महिना अगाडीदेखि अनलाईन लाईभ सुन्न सकिने भएको छ ।
मेची अञ्चलका सम्पूर्ण जिल्लामा र पूर्वाञ्चलका विभिन्न ठाउँका मानिसले सुन्न सक्ने यो एफ एम अबदेखि भने इन्टरनेटमा रमाउने संसारभरका सबै मानिसले लाईभ सुन्न सक्ने भएका छन् । १०१.६ मेर्घाहज फ्रिक्वेन्सी भएको यो एफ.एमको प्रशारण क्षमता भने ५०० वाट छ । र निकट भविष्यमा यसको क्षमता विस्तार गरिने कुराको जानकारी त्यहाँ का समाचारवाचक अजित धिमालले मेचीनगर अनलाईनलाई दिएका छन् ।
त्यस्तै झापाको दमबाट नै प्रशारण सुरु गरेको पाथिभरा एफ एम लाई पनि अनलाईन लाइभ सुन्न सकिन्छ । त्यस्तै गरी झापाको विर्तामोडमा रहको कञ्चनजंघा एफ.एम को अनलाईन लाईभ प्रशारण अन्तिम चरणमा पुगेको छ केहि दिनपछि त्यसलाई पनि लाईभ सुन्न सकिन्छ । त्यस्तै इलामबाट प्रशारण सुरु गरेको नेपालबाणि एफ एम लाई पनि अनलाईनमा लाईभ सुन्न सकिन्छ ।आधुनिक सूचना प्रविधिले गर्दा कुनै निश्चित ठाउँमा सिमित भएका एफ.एम हरुको पहुँच अब विश्वभरी नै पुग्न थालेको छ ।

निकै राम्रो खबरको लागि पवन जी & मेची अनलाइन लाइ धेरै धेरै धन्यबाद ! अब हामीले नि स्थानीय खबरहरु थाहा पाउन सकिने भो !
ReplyDelete