
२३ कात्तिक, धरान । भारतसँग सीमा छुट्याउने पूर्वका झण्डै तीन सय सीमास्तम्भ यथास्थानमा नरहेको पाइएको छ । सशस्त्र प्रहरी बल पूर्वान्चल मुख्यालय पकली सुनसरीले गरेको पछिल्लो अध्ययनअनुसार भारतको विहार र पश्चिम बङ्गालसँग नेपालको सीमा छुट्याउने स्तम्भ पुरानो स्थानमा नरहेको पाइएको हो ।
अध्ययनअनुसार झापा, सुनसरी, सप्तरी, मोरङ र सिराहामा बढी सीमास्तम्भ हराएका छन् । विहारस्थित सीमा जोडिएका कतिपय जिल्लामा भारतीय सीमा सुरक्षाबल (एसएसबी) र सुकुम्बासीलगायतले दशगजा टहरा निर्माण गरेका छन् ।
सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक जिवन थापाले स्थलगत अध्ययन प्रतिवेदन केन्द्रमा पठाई सीमा समस्या छिटो समाधान गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...