रुकुम, असार २२ गते । जाजरकोटको एक विद्यालयका प्रधानाध्यापकले यस वर्ष एसएलसी उत्तीर्ण गरेका छन् । जनकल्याण प्रस्तावित मावि सिरुगार कार्कीगाउँका प्रधानाध्यापक कविलाल खत्रीले पढाउन थालेको ३७ वर्षपछि यसपालि बल्ल एसएलसी उत्तीर्ण गर्नुभएको हो ।
खत्रीले यसपालि आˆनै विद्यालयबाट ५६.५ प्रतिशत अङ्क ल्याएर उत्तीर्ण हुनुभएको छ । २०३१ सालदेखि पढाउन सुरु गर्नुभएका खत्री २०३२ सालमा प्राथमिक तहमा स्थायी हुनुभएको थियो । ८ कक्षा उत्तीर्ण गरेपछि नै उहाँले अध्यापन सुरु गर्नुभएको थियो । ६१ वषर्ीय कविलालसँगै एउटै परीक्षा केन्द्रबाट परीक्षा दिएकी उनकी नातिनी नविनाले भने पास गर्न सकिनन् । जाजरकोटबाट नियमिततर्फ करिब तीन हजार विद्यार्थी अनुत्तीर्ण भए पनि आफू पास भएकोमा आफू खुसी भएको कविलालले बताउनुभयो । उमेरले पढाइलाई नछेक्ने र ढिलै भए पनि पास हुनु ठूलो उपलब्धि भएको उहाँको भनाइ छ ।
दुई वर्षअघि प्रस्तावित भएको जनकल्याण माविमा दरबन्दी नभएको र अरू शिक्षक अस्थायी भएकाले उहाँलाई नै प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ । जाजरकोटमा यस वर्षको एसएलसीमा उत्तीर्ण प्रतिशत गतवर्षभन्दा कम भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...