पोखरेलमाथि गोलि प्रहार गर्ने प्रहरीको खोरमा

झापाको विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार अम्बिका पोखरेलमाथि गोली प्रहार गर्ने दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ ।
प्रहरी हवल्दार अम्बिका पोखरेल /फाईल तस्विर:- मेचीनगर अनलाईन
अदुवा खोलानजिक शंकास्पद गतिविधि गरेको सुइँको पाएपछि एक प्रहरीको टोलीले संलग्न व्यक्तिलाई पक्राउ गर्न जाँदा हवल्दार पोखरेललाई गोली हानी फरार भएका थिए ।
प्रहरीको अनुसन्धान र खोजतलासका क्रममा इलाम नामसालिङका २४ वर्षीय भेषबहादुर दर्जी र सोही जिल्ला शान्तिपुरका २५ वर्षीय अमर राईलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । इलाका प्रहरी कार्यालय विर्तामोडले आयोजना गरेको पत्रकार सम्मेलनमा हवल्दार पोखरेलमाथि गोली प्रहार गर्ने भेषबहादुर दर्जी भएको र सहयोगी अमर राई रहेको प्रहरी उपरीक्षक रविन्द्र शर्माले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा अभियुक्तद्वयले प्रयोग गर्दै आएको ७७१९९ नम्बरको म्यागजिनसहितको एकथान पेस्तोल र पेस्तोलमा प्रयोग हुने एक थान गोलीसमेत बरामद गरी सार्वजनिक गरिएको छ । संक्रमण अवस्थालाई ध्यानमा राख्दै केही महिना अघिदेखि झापामा विभिन्न आपराधिक तथा हिंसात्मक गतिविधि हुदै आएको छ । त्यस्ता तत्वलाई रोक्नका लागि प्रहरी सक्रिय भएर लाग्ने प्रहरी उपरीक्षक शर्माले सम्मेलनमा जानकारी दिनुभयो ।
गोलि लागि घाईते भएका पोखरेललाई भारतको सिलगुढिमा उपचार संभव नभएपछि अहिले त्रि.वि. शिक्षण अस्पताल काठमाडौंमा उपचार गरिँदै छ । डाक्टरहरुका अनुसार उनको अवस्थामा निकै सुधार आएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...