जनयुद्ध रक्षा फ्रन्टको पहिलो अधिवेशन हुँदै


अशोक अधिकारी 
झापा, २५ बैशाख ÷ जनयुद्ध रक्षा फ्रन्ट नेपालको प्रथम राष्ट्रिय सम्मेलन जेठ २९, ३० र ३१ गते हुने भएको छ । 
फ्रन्टका संयोजक पर्वतद्वारा शनिबार जारी वक्तव्यमा उक्त जानकारी दिइएको छ । 
संयोजक पर्वतद्वारा जारी उक्त वक्तव्यमा अवैधानिक हतियार र सशस्त्र लडाकु भएको अवस्थामा गृहमन्त्रालयको जिम्मेवारी दिएर सरकारले आपराधिक कार्यलाई प्रश्रय दिएको उल्लेख छ । जेठ १४ मा संविधान जारी हुने आधार छै्रन । भनी संविधानसभाको म्याद थप्ने कसरत भइरहेको उल्लेख गर्दै वक्तव्यमा जनतामाथिको यस्तो विश्वासघात कुनै हातलमा मान्य नहुने बताइएको छ । 
वक्तव्यमा सम्मेलन सम्पन्न गर्न सम्पूर्ण, व्यापारी, व्यवसायी, बुद्धिजिवि, शिक्षक विद्यार्थीलगायत सम्पूर्ण आम जनसमुदायलाई सहयोगका लागि अपिल गरिएको छ । वक्तव्यमा संयोजक पर्वतले संघीयतावादी, जातीय मुक्तिका पक्षधरहरु एकजुट हुनु पर्ने बेला आएको औल्याएका छन् । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...