मस्ट वान्टेडलाई झापामा पक्रन सफल भो प्रहरी

नवीन चौधरी भनिने साकिर रहमान
राजु अधिकारी, झापा, वैशाख १३- प्रहरीको मस्ट वान्टेड सूचीमा रहेको मधेस राष्ट्र जनतान्त्रिक क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन चौधरी भनिने साकिर रहमानलाई प्रहरीले झापाको गरामनीबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार झापा मेचीनगरका रामबहादुर दाहाललाई २०६६ साउन ३२ गते गोली हानी हत्या गर्ने यिनै हुन।
सोमबार पक्राउ परेका उनलाई प्रहरीले मङ्गलबार पत्रकार सम्मेलनमार्फत् सार्वजिनक गरेको हो। उनी विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको झापाका एसपी रवीन्द्र शर्माले जानकारी दिए। 'चौधरी झापाको भद्रपुर, मेचिनगरलगायतका ठाउँमा भएको आधा दर्जनभन्दा बढी बिष्फोटमा संलग्न थिए', एसपी शर्माले भने- २०६६ साउन ३२ गते मेचिनगर बस्ने रामबहादुर दाहालको गोली हानी हत्या गर्ने पनि यिनै चौधरी हुन्।'
प्रहरीले बरामद गरेको गाँजा पेस्तोल र गोलि
प्रहरी प्रमुख शर्माका अनुसार रहमान २०६७-०३-२३ गते सञ्जय गोयलको घरमा ग्यास सिलिण्डर बम विष्फोटन तथा मेचीनगर नगरपालिका कार्यालयमा विष्फोटन, पत्रकार दिपक अधिकारीको घरमा बम राख्ने तथा दमक नगरपालिका कार्यालय, आइओएम र मालपोत कार्यालयमा विष्फोटनमा संलग्न छन् ।
आफूलाई भूमिगत संगठनको जिल्ला इञ्चार्ज बताउने रहमानलाई साँझ ८ बजे १ थान पेस्तोल, २ राउण्ड गोली, १२ किलोग्राम गाजा र विभिन्न संगठन स्टाम्प–प्याड चन्दा रसिदसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी झापाका व्यवसायीहरुबाट चन्दा संकलन गर्ने गर्थे। चन्दा नदिने व्यवसायीलाई ज्यान मार्ने धम्कीसमेत दिन्थे। भद्रपुरका एक पत्रकारको घरमा बम राख्ने अभियोग पनि चौधरीमाथि छ। चौधरी अहिले प्रहरी हिरासतमा छन्।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...