धरान/ पूर्वाञ्चलमा खाना पकाउने एलपी ग्याँसको अभाव भएको छ ।
ग्याँसको अभावसँगै कालोबजारी समेत बढेको उपभोक्ताहरुले बताएका छन् । मूल्यभन्दा बढी रुपैयाँ तिर्दा खुद्रा पसलमा ग्याँस पाइने गरेको धरानका एक उपभोक्ताले बताए । ‘डिलरमा गयो भने ग्याँस नै छैन भन्छन्,’ उनले प्रश्न गरे, ‘किराना पसलमा चैं कसरी ग्याँस आउँछ ?’ डिलरसँग सम्पर्क भएका व्यक्तिले व्यक्तिगत नाफा कमाउन महङ्गो मूल्यमा ग्याँस बिक्री गर्ने गरेको धरान–१२ की गृहिणी अन्जना राईले बताइन् । डिलरमा नपाएपछि आपूmले पनि धरानकै एक किराना पसलबाट १५ सय रुपैयाँमा ग्याँग खरिद गरेको उनको भनाइ थियो ।
पूर्वाञ्चलमा प्रतिमहिना एक हजार छ सय मेट्रिक टन एलपी ग्याँस खपत हुने गरे पनि नेपाल आयल निगमको विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले सो परिमाणमा आयात गर्न नसक्दा ग्याँस अभाव भएको उनको भनाइ थियो । ग्याँस अभाव भएपछि बढेको चापका कारण खाली सिलिण्डर आएको दश दिनमा मात्र ग्याँस दिन सक्ने अवस्था रहेको उनले जनाए ।
पूर्वाञ्चलमा दुई महिनादेखि मागअनुसारको ग्याँस आयात भएको छैन । तर, आफूहरुले तोकिएभन्दा बढी मूल्य नलिएको धरानका ग्याँस डिलरहरुले बताएका छन् । ‘कसैले व्यक्तिगत लाभ लिन आफूसँग भएको ग्याँस बढी मूल्यमा बिक्री गर्यो होला,’ धरानमा एक ग्याँस डिलरका सञ्चालकले भने, ‘त्यसको जिम्मेवारी कुनै पनि डिलरले लिँदैन ।’ धरानमा सुविधा, प्रिमा, कोशी, मनोज कम्पनीका ६ वटा डिलर छन् ।
WIth reference to Blast times daily
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...