सदरमुकामको एक विद्यालयका विद्यार्थीले प्लास्टिक प्रयोग बन्द गर्न र जलवायु परवर्तनका असरबारे चेतना जगाउन नौ किलोमिटरको पैदल चेतना यात्रा निकालेका छन् ।
जुबिलेन्ड एकेडेमीका विद्यार्थीले प्लास्टिकको प्रयोगले वातावारणमा पर्ने असरसम्बन्धी चेतना जगाउँदै यहाँबाट बिब्ल्याँटेसम्मको यात्रा गरेका हुन् ।
| इलामको जुबिलेन्ड इलाइट एकेडेमीका विद्यार्थी बिब्ल्याँटेतर्फ प्लास्टिक प्रयोग बन्द गर्न र जलवायु परवर्तनका असरबारे चेतना यात्रामा सहभागी हुँदै । |
बजार क्षेत्रलाई प्लास्टिकमुक्त घोषणा गरेपछि अन्य क्षेत्रमा पनि प्रयोग न्यूनीकरण गराउने उद्देश्यले यो यात्रा तय गरिएको हो । 'प्लास्टिकलाई बन्द गरौं पृथ्वी विनाश हुनबाट बचाउँ,' भन्ने नाराका साथ यात्रामा विद्यालयका ५० भन्द धेरै विद्यार्थी र शिक्षक सहभागी बने ।
समाजसँग सम्बन्धित क्रियाकलाप गराई विद्यार्थीलाई समाज र मानव बीचको अन्तर सम्बन्ध कायम गराउन पनि विद्यार्थीलाई सहभागी गराइएको विद्यालयका निर्देशक दीपराज आङदेम्बेले बताए ।
'यस्तो क्रियाकलापले विद्यार्थीको प्रतिभासमेत विकास गर्न सकिने र सामाज र वातावरणमा मान्छेले खेल्नुपर्ने भूमिका पनि विद्यार्थीलाई प्रष्ट हुँदै जानेछ,' आङदेम्बेले भने ।
कक्षा १ देखि ६ सम्मका विद्यार्थी पैदल यात्रामा सहभागी थिए । उनीहरूले प्लास्टिक प्रयोगको असरबारे जानकारी गराउँदै प्लास्टिक प्रयोग नगर्न आग्रह गरे । पैदल यात्रामा सहभागीले 'से नो टु प्लास्टिक' लेखिएको पट्टी बाँधेर सचेत गराइरहेका थिए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...