- पूर्व मन्त्रीको गाडी फिर्ता गर्न प्रहरीलाई गुहार
काठमाडौं, चैत्र २ - आफूले मन्त्री हूँदा चढेको प्राडो गाडी गर्नु परे त्रिशूलीमा फयाँकिदिने धम्की दिएका छन्- पूर्व वाणिज्य राज्यमन्त्री सरोज यादव । पदबाट बाहिरिएको ७ दिनभित्रै सरकारी सुविधा छाड्नुपर्छ । उनी सत्ताबाट बाहिरिएको एक महिना सात दिन गुज्रिसकेको छ । उनीसँग गाडी फिर्ता माग्न गएका वाणिज्य मन्त्रालयका कर्मचारीलाई 'त्रिशुलीमा फाल्ने' धम्की दिएका हुन् ।
पटकपटक गाडी फिर्ता माग्दा अस्वीकार गर्ने, आफ्नो पूर्व मन्त्रालयका कर्मचारीलाई धम्क्याउने मन्त्रीमा यादव एक्ला होइनन्, पूर्व भौतिक योजना तथा निर्माण राज्य मन्त्री सञ्जय साहसमेत त्यही सूचीमा दर्ज भएको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार मन्त्रालयले पटकपटक गाडी फिर्ता गर्न मौखिक र लिखित रूपमा आग्रह गर्दा पनि साहले ठाडै अस्वीकार गर्दै आएका छ ।
मन्त्रालयका कर्मचारीले साहबाट मौखिक र लिखित आग्रहले गाडी फिर्ता हुने आश मारिसकेका छ, त्यही कारण मन्त्रालयले बल प्रयोग गरेर भए पनि आफ्ना पूर्व राज्यमन्त्री साहबाट गाडी फिर्ता गरिदिन गृह मन्त्रालयमार्फत प्रहरीलाई लिखित रूपमा गुहार गरेको छ । 'पटकपटक आग्रह गर्दा पनि साहबाट गाडी फिर्ता हुने सम्भावना देखिएन, त्यसैले हामीले उहाँबाट बल प्रयोग गरेर भए पनि गाडी फिर्ता गरिदिन प्रहरीलाई भनेका छौं' भौतिक योजनाका एक उच्च अधिकारीले भने ।
पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले ढिलै भए पनि गाडी फिर्ता गरे पनि ललितपुरको पुल्चोकस्थित सरकारी निवास भने छाडेका छैन् । सत्ताबाट बाहिरिएको एक महिना बढी भइसक्ता पनि उनी मन्त्री क्वार्टरमै बस्दै आएका छ्, जबकि उनको राजधानीमा आफ्नै सुविधासम्पन्न घरसमेत छ । कर्मचारीले उनलाई सरकारी निवास छाडिदिन दबाब दिंदै आएका छन्, तर उनी उपयुक्त घर भाडामा नपाएको भन्दै जबर्जस्ती सरकारी निवासमा बस्दै आएका छन्, जबकि मन्त्री पद छाडेको सात दिनमा नै सरकारी निवास र गाडी सरकारलाई फिर्ता गर्नुपर्ने कानुनी वयवस्था छ ।
पूर्व विज्ञान राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेलले भने आफूले दुरुपयोग गरेको गाडी दुर्घटनामा परेर नचल्ने गरी क्षतिग्रस्त भएपछिमात्र मन्त्रालयलाई फिर्ता गरेका छन् । मन्त्रालयले फिर्ता गर्न पटकपटक आग्रह गर्दा ढुंगलेले विभिन्न निहूँ गरेर अस्वीकार गरेको र पछि दुर्घटनाग्रस्त भई गाडी नचल्ने भएपछिमात्र आफैं फिर्ता गर्न आग्रह गरेको स्रोतले उल्लेख गरे । स्रोतका अनुसार ढुंगेलका आफन्तले महँगो उक्त गाडी लगेर चलाउन सिक्दा दुर्घटनामा परेको हो । मन्त्रालयले हालै फिर्ता ल्याएर मर्मत गर्दा करिब ७५ हजार रुपैयाँ खर्च भएको छ ।
निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले पनि आफू प्रधानमन्त्री हुँदा चढेको टोयोटा प्राडो गाडी फिर्ता गरेका छैनन् । सरकारले उक्त गाडी फिर्ता गर्न उनलाई भने आग्रह गरेको छैन । प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्ले नेपाललाई पूर्व प्रधानमन्त्रीको हैसियतमा त्यही गाडी दिने निर्णय पनि नगरेको जानकारी स्रोतले दिए ।
Via Source:- Ekantipur
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...