दार्जिलिङमा छुट्टै राज्यको माग गर्दै जारी गोर्खाल्याण्ड आन्दोलनसंग जोडेर नेपालीलाई प्रवेश निषेध गर्न पश्चिम वंगालको सत्तारुढ मार्क्सवादी कम्युनिष्ट पार्टी माग गरेको छ ।
नेपालीको अवैध प्रवेशका कारण छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई टेवा पुगेको दावी गर्दै उसले तत्काल नेपालीलाई प्रवेशमा रोक्न सरकारसंग माग गरेको सिलिगुडीवाट प्रकाशित एक दैनिकअखवारले उल्लेख गरेको छ ।
तत्कालीन प्रशासक सुवास घिसिङ गोर्खाल्याण्डको मुद्धामा मौन वसिरहेका वेला नेपालीहरुकै उक्साहटमा विमल गुरुङले सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चा गठन गरेको मार्क्सवादीको भनाई छ ।
मार्क्सवादीका नेता एवम नगरविकास मन्त्री अशोक भट्टाचार्यले नेपालीको अवैध प्रवेशका कारण दार्जिलिङमा सामाजिक र आर्थिक समस्या झेल्नु परेको बताएका छन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...