चिकित्सकको लापर्वाहीका कारण महोत्तरीकी एक महिलाको ठूलो आन्द्रा निकाल्नु परेको छ । महोत्तरीको मटिहानीकी तृष्णा साहको दुई महिनाअघि शल्यक्रिया गर्दा जनकपुर अञ्चल अस्पतालका चिकित्सकले पेटमा २० सेन्टिमिटर लम्बाइ र चौडाइ भएको कपडा ‘ट्रेटा’ पेटमै छाडेपछि उनको ठूलो आन्द्रा निकाल्नु परेको हो । पुनः शल्यक्रिया गरेपछि उनको अवस्था चिन्ताजनक भएकोले हाल यहाँस्थित वीपी प्रतिष्ठानको स्त्री तथा प्रसुती रोग विभागअन्तर्गत एमआईसीयुमा उनको उपचार भइरहेको छ ।
उमेशले लापर्वाही गर्ने चिकित्सकलाई कारवाही तथा आपूmले क्षतिपूर्ति पाउनुपर्ने माग गरे । अस्पतालमा अस्थायीरुपमा कार्यरत् चिकित्सक कर्ण मेडिकल काउन्सिलमा समेत दर्ता नभएकाले उनलाई शल्यक्रिया गर्ने पूर्ण अधिकार नभए पनि शल्यक्रिया गरेको पीडितको भनाइ छ । सो अस्पतालमा गाइनोकोलोजिष्ट कल्पना बहार भए पनि उनकै नामवाट कर्णले शल्यक्रिया गर्ने गरेको बताइएको छ । यस सम्बन्धमा जनकपुर अञ्चल अस्पताल प्रमुख गौराहाङ मिश्र भने केही बोल्न चाहेनन् ।
@ Blast Times daily
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...