इटहरी/ समयमा लब्धाङ्कपत्र (मार्कसिट) हात नपर्दा समस्या भोग्नुपरेको यहाँस्थित जनता बहुमुखी क्याम्पसका विद्यार्थीले गुनासो गरेका छन् । स्नातक तह दोस्रो वर्षको परीक्षा फारम भर्ने समय सकिँदासमेत क्याम्पसले पहिलो वर्षको लब्धाङ्कपत्र उपलब्ध नगराउँदा विद्यार्थीहरु समस्यामा परेका हुन् ।
परिषद्को विराटनगरस्थित क्षेत्रीय कार्यालयमा पुगेर पनि नपाएपछि दिक्क भएको विद्यार्थीहरुको भनाइ छ । व्यक्तिगत तवरमा विद्यार्थीलाई लब्धाङ्कपत्र दिन नमिल्ने भन्दै क्षेत्रीय कार्यालयले आफूहरुलाई फर्काइदिएको विद्यार्थीले बताए ।
परिषद्ले कक्षा ११ को परीक्षाफल गत पुस २९ गते सार्वजनिक गरेको थियो । पुरक परीक्षाफल सार्वजनिक भएको पनि तीन साता बितिसकेको छ ।
क्याम्पसले भने परिषद्को क्षेत्रीय कार्यालयले नै लब्धाङ्कपत्र नछापेको जिकिर गरेको छ । काठमाडौंबाट आइसके पनि आंशिकमा झण्झट देखिएकोले लब्धाङ्कपत्र नछापेको प्रतिक्रिया पाएको क्याम्पस प्रमुख नारद उप्रेतीले जनाए । उनले दुई दिनभित्र लब्धाङ्कपत्र दिने आश्वासन क्षेत्रीय कार्यालयबाट पाएकोले विद्यार्थीले दुई दिनभित्र लब्धाङ्कपत्र पाउने आशा व्यक्त गरे ।
With reference to Blast times Daily
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...