तेह्रथुम/ बहुविवाह गरेको आरोपमा तेह्रथुमको म्याङ्लुङबाट प्रहरीले विवाह मण्डपबाटै आइतबार दुलहा–दुलहीसहित तीनजनालाई पक्राउ गरेको छ । मोरङको सिंहदेवी–४ का २६ वर्षीय दुलहा गोविन्द खड्का र दुलही म्याङ्लुङ–५ की २१ वर्षीया अस्मिता भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
भागेर गएकी छोरी र ज्वाइँलाई टीकाटालोका लागि बाबु–आमाले आइतबार म्याङ्लुङ बोलाएका थिए । दुलहा–दुलही र दुलहाका काका भीमबहादुर खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका असई राम खड्काले जानकारी दिए । तीनैजनालाई आवश्यक कारवाहीका लागि आइतबार नै बेलबारी इप्रका पठाइएको जिप्रकाले जनाएको छ ।
नेपालमा बहुविवाह गर्नेलाई १ देखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी प्रावधान छ । @ ब्लाष्ट
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...