लस एन्जलस, चैत ९ (एजेन्सी) - हलिउड अभिनेत्री एलिजाबेथ टेलरको ७९ वर्षको उमेरमा बुधबार निधन भएको छ। हलिउडको स्वर्णकालकी एक प्रमुख अभिनेत्री एलिजाबेथ करीब पाँच दशक फिल्ममा सक्रिय रहिन्।
अमेरिकन फिल्म इन्स्टिच्युटले प्रकाशन गरेको ‘महान नारी'को सूचीमा उनलाई सातौं स्थान दिइएको छ। उनको जन्म लन्डनमा भएको थियो। बालकलाकारकै रूपमा करियर सुरु गरेकी उनले आफ्नो जीवनकालमा दुईवटा अस्कर अवार्ड जितेकी थिइन्। सन् १९४२ मा १० वर्षको उमेरमा फिल्म अभिनय सुरु गरेकी उनले अन्तिमपटक सन् २००१ मा एक टेलिफिल्ममा अभिनय गरेकी थिइन्।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...