धाइजन १ चैत ÷ बानियाँ बंशका नेपालकै बयोबृद्ध तथा बंशका संरक्षक पाँचथर बेतिनिका ९३ बर्षिय सेरबहादुर बानियाँलाई मंगलबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

झापाको धाइजनमा आयोजित एक कार्यक्रममा बानियाँ बन्धु सहयोग समिति झापाले सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको हो । ताप्लेजङ्ग जिल्लामा १९७५ सालमा जन्मनु भएका सेरबहादुर बानियाँ एक दिनको पैदल हिडेर एक हप्ता अघि झापा आउनु भएको थियो । यो उमेरमा आएर पनि बिना चस्मा किताब, पात्रो आदी राम्ररी पढ्न सक्नु हुन्छ । समितिका केन्द्रिय सदस्य हरिचरण बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेम बानियाँ, चिरन्जीबि बानियाँ, मेनुका बानियाँ लगाएतले बयोबृद्ध हुनु भएका हजुरबाको प्रेरणाबाट अबका पिडिले असल काम गरेर जानु पर्ने साथै उँहाको दिर्घ जीवनको कामना गरेका थिए । समितिका जिल्ला अध्यक्ष प्रेम प्रसाद बानियाँको सभापतित्वमा, भएको कार्यक्रको स्वागतमा सह सचिब देबु बानियाँले र संचालन सचिब उपेन्द्र बानियाँले गरेका थिए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...