महानगरीय प्रहरी परिसर काठमाडौंले पर्यटकीय ठमेल क्षेत्रबाट व्यवसायिक रुपमा यौनजन्य गतिविधि संचालन गरेको भन्दै ८० युवतीसहित १ सय ३ जनालाई पक्राउ गरेको छ। ठमेलका मसाज केन्द्रहरुमा यौनजन्य अश्लिल क्रियाकलाप गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो।
महानगरीय प्रहरी परिसरले उनीहरुलाई मंगलवार पक्राउ गरेको हो । प्रहरीका अनुसार ८० महिला र २३ पुरुषलाई नियन्त्रणमा लिइएको छ ।
यौन दुर्व्यवहारको आरोपमा विदेशी पक्राउ
सडक बालकमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ । अनुप भुजेल र राजन श्रेष्ठ (नाम परिवर्तन) लाई सुन्धाराको एक गेस्टहाउसमा पैसाको प्रलोभनमा पारेर यौन दुर्व्यवहार गरिरहेको अवस्थामा ७४ वर्षीय पिटर जैम्स सेक्सनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
बालकलाई गैरसरकारी संस्था सिविनको जिम्मा लगाइएको परिसर प्रमुख एसपी पुष्कर कार्कीले बताए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...